मंसिर पहिलो साताबाट नेपालमा रेल चल्ने

मंसिर पहिलो साताबाट नेपालमा रेल चल्ने


इन्जिनियर्स नेपाल |  साउन ३०, २०७६, काठमाडौं


engineersnepal.com

सरकारले मंसिर पहिलो साताभित्र रेल सञ्चालन गर्ने तयारी सुरु गरेको  छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना रहेको रेल विभागले जनाएको छ । 

असोजबाट रेल सञ्चालन गर्ने योजना बनाईएको भएपनि विभिन्न प्राविधिक कारणले झण्डै दुई महिनापछि धकेलिएको हो ।  करिव एक अर्ब रुपैयाँ खर्चेर भारत सरकारसँग जिटुजी मार्फत खरिद गरेर रेल सञ्चालनमा ल्याउन लागिएको हो । 

भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेशन लिमिटेड दुई सेट रेलको अर्डर लिएर निर्माण गरिरहेको रेल विभागले जनाएको छ । करिव डेढ महिनाअघि रेल विभागसँग सम्झौता गरेर रेल निर्माण सुरु गरेको हो । तीन महिमा रेल सेट नै तयार पारेर उपलब्ध गराउने द्विपक्षीय सम्झौता भएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले तीनदेखि चार महिनामा संचालन गर्ने तयारी भैरहेको जानकारी दिए । उनका अनुसार बाढीले पुर्याएको क्षतिको मर्मतसम्भार गर्न बर्षात सकिएपछि दुई महिनाको समय लाग्नेछ । 

डेढ महिना रेल उपलब्ध हुनेछ । असोजमा रेल संचालन गर्न नभ्याईने उनले जानकारी दिए । सुरुवाती दिनमा भारतीय प्राविधिकहरुले नै रुेल सञ्चालन गर्ने विभागले जनाएको  छ । नेपाली प्राविधिकलाई ६ महिना तालिम दिएर रेल सञ्चालन गराउने तयारी विभागको  छ । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले भने २०७४ फागुनभित्रै रेल संचालमा ल्याउने योजना सार्वजनिक गरेको थियो । तर निर्माण सम्पन्न नभएपछि असोजका लागि मिति सारिएको थियो । 
 



Your Comments