नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने

नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने


इन्जिनियर्स नेपाल |  साउन २१, २०७६, चितवन


#
engineersnepal.com

#

चितवनको नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने निश्चित भएको छ । चिनियाँ प्राविधिकको सहयोगमा सर्भे गरेर चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउने निर्णय भएको हो । चिनियाँ डा चेन सहितका प्राविधिक झिकाएर डिजाईन तयार पारिनेछ ।

महाशाखाले विभिन्न १० स्थानमा सिग्नेचर ब्रिज बनाउने लक्ष्य राखेको छ । चारवटा पुलको डिजाईन यहि आर्थिक बर्षमा तयार पार्ने लक्ष्य लिइएको छ । अहिले ती पुल बन्ने ठाउँहरु पहिचान भैरहेको छ ।


ADVERTISEMENT

पहिलो चरणमा रौतहटको बागमती, स्याङजाको तिनाउ, काठमाडौंको टेकुरशंखमुल लगायतका स्थानहरु पहिचान गरिएको छ। पहिचान भैरहेको भएपनि निर्णय हुन भने बाँकी छ । आगामी बर्ष  ६ वटा पुलको डिजाइनसंगै चारवटाको निर्माण सुरु गरिने पुल महाशाखा प्रमुख दिपक भट्रराईले जानकारी दिए ।

महाशाखाले तयार पारेको सर्भे रिपोर्ट अनुसार नारायणी नदीमा निर्माण गर्न लागिएको पुल करिव पाँच सय मिटर लम्बाइको हुनेछ । डबल लेनमा निर्माण हुने यो पुल भने एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विश्व बैंकको सहयोगमा डिजाईन गर्न लागिएको महाशाखाले जनाएको छ। यस अघि नै विश्व बैंकसँग सम्झौता भएर सर्भे र डिजाईन गर्न लागिएको हो। डिजाईन तयार भएपछि लगानीबारे टुङगो लाग्ने छ ।

सिग्नेचर ब्रिज सामान्य पुल भन्दा फरक खालका हुन्छ । 

पुलमा लाईटहरु जडान गरिएको हुनेछ जसका कारण रातमा समेत जीवन्त देखिन्छ । युरोपमा यी प्रविधिका पुलहरु अत्यन्तै धेरै देख्न पाईन्छ । पर्यटक र शहरी सौन्दर्यका हिसावले पनि यस्ता पुललाई महत्वपुर्ण मानिन्छन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उपत्यकामा अब बन्ने नयाँ पुलहरु सिग्नेचर ब्रिज मात्रै हुने बताउँदै आएका छन् । उनले अहिले बनेका पुलहरु समेत आकर्षक बनाउने योजना रहेको बताएका छन् । साथै महासेठले उपत्यकामा बन्ने ओरहेड ब्रिज समेत मोर्डन बनाउने योजनाका साथ काम भैरहेको बताउँदै आएका छन् ।
 



Your Comments