अब ठुला जलशाययुक्त विद्युत आयोजना निजी क्षेत्रले निर्माण गर्नसक्ने

अब ठुला जलशाययुक्त विद्युत आयोजना निजी क्षेत्रले निर्माण गर्नसक्ने


इन्जिनियर्स नेपाल |  जेठ १७, २०७८,


engineersnepal.com

बजेटले निजी उर्जा प्रवद्र्धकहरु सकरात्मक बनेका छन्। सरिकारले बजेट मार्फत  ठुला जलशाययुक्त आयोजनासहित उर्जा क्षेत्रमा निजी प्रवद्र्धकलाई सहभागिता गराउने नीति लिने घोषणाले सकरात्मक भएका हुन्। 

जलप्रवाहमा आधारित आयोजना मात्र बनाउने गरेका निजी क्षेत्र आर्थिक वर्ष २०७८/७९ को बजेटले निजी क्षेत्रलाई अब जलाशययुक्त आयोजनातर्फ पनि आकर्षित गर्न खोजिएको छ ।


ADVERTISEMENT

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने जलशयमा समेत निजी क्षेत्रले शुल्क तिरेर त्यहाँबाट विद्युत् आयोजना निर्माण गर्नसक्ने अवसर बजेटले निजी क्षेत्रलाई दिएको छ ।

त्यस्तै धेरै लागत लाग्ने यस्ता आयोजना निर्माणका लागि बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवद्र्धकले निर्माण गर्न पाउने व्यवस्थाले सहज बनाउने अपेक्षा निजी क्षेत्रको छ । 

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष कृष्ण आचार्यले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्न राम्रा कार्यक्रम आएको बताएका छन्। 

उनले बजेट कार्यान्वयन गर्नसक्ने हो भने ऊर्जा उद्यममा धेरै सकारात्मक योगदान यो बजेटले पुर्याउने बताए। 

निजी क्षेत्रलाई हौसला दिने बजेटको अर्को पक्ष विद्युत् व्यापार पनि हो । ऊर्जा उत्पादकहरूले लामो समयदेखि आफ्नो उत्पादन बिजुली आफुले प्रतिस्पर्धी दरमा बेच्न पाउनुपर्ने माग राख्दै आएका थिए । 

धेरै विद्युत् खपत गर्ने उद्योगले अब आफै बिजुली उत्पादन गर्ने र प्रसारण लाइनको ह्विलिङ चार्ज तिरेर उद्योगमा आफ्नै बिजुली पुर्याउन सक्ने भएका छन्। 

ऊर्जा उत्पादकले बिजुली निकाल्ने तर प्रसारण लाइन बनाइदिने निकाय अर्कै भइदिँदा उत्पादित बिजुली खेर जाने र प्रवद्र्धक ऋणमा डुब्ने अवस्था रहदै आएको थियो। 

विद्युत् आयोजनाको प्रवद्र्धकले आयोजना स्थलसम्म पहुँच मार्ग र प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशत शोधभर्ना दिने व्यवस्था यो बजेटले गरेको छ ।
 



Your Comments