सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने


इन्जिनियर्स नेपाल |  पुस ११, २०७६, काठमाडौं


#
engineersnepal.com

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताएका हुन् । 


ADVERTISEMENT

उनले लाभकर छुटको लागि अर्थमन्त्रालयको स्वीकृति लिन पठाइसकेको बताए । मन्त्रीपरिषद्बाट स्वीकृतिपछि यसअघि मुआब्जा पाइकसकेका आयोजना प्रभावितले तिरेको लाभकर  सरकारले फिर्ता गर्ने छ । 

उनले बजार क्षेत्रमा २ आना भन्दा कम जग्गामा घर भएकाहरुका लागि अर्को सहरमा कम्तिमा पनि ४ आना जग्गा उपलब्ध गराउने गरी मुआब्जा दिने तयारी भइरहेको जानकारी दिए ।

बुढीगण्डकी जलविद्युत आयोजनाबाट धादिङ र गोरखा जिल्लामा गरी कुल १३ हजार ६ सय ६२ घरपरिबारको ४५ लाख २ सय ४ रोपनी जमिनको मुआब्जा सरकारले दिनुपर्ने छ । 

गोरखाको आरुघाट, धादिङ्को खहरे लगायतका बासिन्दाले मुआब्जा निर्धारण नमिलेको भन्दै विरोध गर्दै आएका छन् । 



Your Comments