बजेटमार्फत निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रोत्साहित गर्ने प्रस्ताव

बजेटमार्फत निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रोत्साहित गर्ने प्रस्ताव


इन्जिनियर्स नेपाल |  जेठ १४, २०७८,


engineersnepal.com

सरकारले बजेटमार्फत निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रोत्साहित गर्ने प्रस्ताव गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको जनाएको छ। 


ADVERTISEMENT

निजी क्षेत्रको मागअनुसार सरकारले विद्युत् आयोजनाको अनुमतिपत्र अवधि थप्ने र ठूला आयोजनालाई सरकारी सस्तो दरमा उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। 

निजी क्षेत्रको प्रवेशबिना ऊर्जा क्षेत्र प्रतिस्पर्धी नबन्ने  सरोकारवाताले बताउँदै आएका छन्। 

निर्माणाधीन आयोजना सम्पन्न भएपछि आगामी वर्षदेखि वर्षायाममा विद्युत् खेर जाने चर्चा भइरहेका बेला सरोकारवालाहरूले भने आन्तरिक रूपमा विद्युत् खपत पर्याप्त हुने बताएका छन्। 

जलविद्युत्लाई प्रवर्द्धन नगरी आर्थिक वृद्धि हासिल गर्न नसकिने भन्दै पेट्रोलियम आयातलाई विस्थापित गर्न सके आन्तरिक रूपमै विद्युत्को बजार ठूलो रहेको ऊर्जा प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधान  बताउँछन्। 

अझै विभिन्न उद्योगमा ३ सय मेगावाटभन्दा बढी विद्युत् माग रहेको र आन्तरिक रूपमा बिजुलीको सदुपयोग गर्न सके आर्थिक वृद्धिमा ठूलो योगदान हुने प्रधानले बताए।



Your Comments