प्रदेश २ को विद्युत चुहावट ८.६४ प्रतिशत घटाउन कुलमानले गरे कार्यसम्पादन सम्झौता

प्रदेश २ को विद्युत चुहावट ८.६४ प्रतिशत घटाउन कुलमानले गरे कार्यसम्पादन सम्झौता


इन्जिनियर्स नेपाल |  मंसिर १८, २०७६, सिराहा


#
engineersnepal.com

नेपाल विद्युत प्रधिकरणले प्रदेश नम्बर २ को विद्युत चुहावटलाई १०.९७ प्रतिशतमा झार्न कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ।

प्राधिकरणले प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरको  विद्युत चुहावटलाई चालु आर्थिक वर्ष २०७६–७७ मा झार्ने लक्ष्य लिएको हो। चालु आवको असोजसम्म विद्युत चुहावट १९.६१ प्रतिशत छ। सम्झौता अनुसार अब ८.६४ प्रतिशत विद्युत चुहावट घटाउनुपर्ने हुन्छ ।


ADVERTISEMENT

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरे। प्रादेशिक कार्यालय जनकपुर अन्तर्गत प्रदेश २ मा पर्ने ८ जिल्लाका २३ वितरण केन्द्र छन्। त्यसपछि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरे ।


प्राधिकरणले आफ्ना सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ। प्रदेश नम्बर १ र ३ का प्रादेशिक कार्यालयका प्रमुख र कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग यसअघि नै सम्झौता भइसकेको छ।
 



Your Comments