कुलमानको घोषणाः अब धेरै विद्युत खपत गर्नेलाई कम महसुल !

कुलमानको घोषणाः अब धेरै विद्युत खपत गर्नेलाई कम महसुल !


इन्जिनियर्स नेपाल |  मंसिर १२, २०७६, काठमाडौं


engineersnepal.com

अबदेखि धेरै विद्युत खपत गर्नेले कम महसुल तिर्ने व्यवस्था लागु हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले धेरै विद्युत खपत गर्नेहरूका लागि महसुलको दर कम गर्दै लैजाने तयारी गरेको हो ।

धेरै विद्युत खपत गर्नेले महसुल पनि बढी तिर्नुपर्ने हालको व्यवस्थालाई परिमार्जन गर्दै प्राधिकरणले केही समयमै नयाँ व्यवस्था लागु गर्न लागेको हो ।

चिलिमे जलविद्युत कम्पनीको २३ औं वार्षिक साधारणसभामा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब धेरै विद्युत खपत गर्नेलाई कम दरमा विद्युत उपलब्ध गराउने तयारी भइरहेको छ ।’

हालको व्यवस्थाअनुसार थ्री फेजदेखि दुई सय युनिटभन्दा माथि खपत गर्ने ग्राहकहरुका लागि विद्युत दर महंगो छ। 

साथै, कम खपत गर्ने सर्वसाधारणहरुले पनि लाइफलाइन दिने घिसिङले बताए । हाल २० युनिटसम्म विद्युत प्रयोग गर्नेले परय
निट तीन रुपैयाँ तिर्दै आएका छन् । प्राधिकरण भने साढे ६ रुपैयाँमा खरिद गर्दै आएको छ । 

उद्योगलाई महसुल धेरै भयो भन्ने गुनासो बढिरहेका बेला प्राधिकरणले नयाँ व्यवस्था लागु गर्न लागेको हो । विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै गएकाले महसुस दरमा हेरफेर गर्न लागिएको कुलमानले बताए । 
 



Your Comments