कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सकियो

कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सकियो


इन्जिनियर्स नेपाल |  बैशाख २६, २०७८,


engineersnepal.com

कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । 

नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन अध्ययन गरेको हो। 


ADVERTISEMENT

विद्युत विकास विभागले विद्युत प्राधिकरणलाई गत चैतमा आयोजना निर्माणका लागि अनुमति दिएको थियो । अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ ।

प्राधिकरणका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । 

असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणले लिएको छ। प्राधिकरणले आयोजनाको लागत कम भएकाले तत्काल निर्माण गर्नुपर्ने बताएको छ । 

प्रारम्भिक अध्ययन अनुसार करिब नौ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।  आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । 

 वार्षिक २२० गिगावाट÷घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको आयोजना विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने  प्राधिकरणले जनाएको छ।



Your Comments