तोकिएको समयमा नबन्ने भयो माथिल्लो तामाकोसी

तोकिएको समयमा नबन्ने भयो माथिल्लो तामाकोसी


इन्जिनियर्स नेपाल |  साउन १६, २०७६, काठमाडौं


#
engineersnepal.com

#

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना गत पुसमा सम्पन्न गर्ने सरकारको लक्ष्य थियो ।

चार सय ५६ मेगावाटको यो आयोजना पछिल्लो लक्ष्यभन्दा सात महिना ढिलो भइसकेको छ । तर, सरोकारवाला मन्त्रालय भने लक्ष्य एक वर्ष पर सारेर पन्छिएको छ ।


ADVERTISEMENT

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा आयोजनासम्म जाने सडकको दुरवस्था र भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान कार्यमा ढिलासुस्ती भएकाले लक्ष्य फेला नपारेको उल्लेख छ ।

‘भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्ने काम ज्यादै जटिल भएकाले धेरै समय लागेको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘हालसम्म आयोजनाको ९८.८ प्रतिशत कार्य सम्पन्न भई पेनस्टक पाइप जडान भइरहेको अवस्था छ । सम्पूर्ण कार्य चालु आवभित्र पुरा भएर विद्युत् उत्पादन सुरु हुनेछ ।’

आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावरले खाडीचौरदेखि चरिकोटसम्म सडकको दुरवस्थाका कारण पेनस्टक पाइप ढुवानी र भर्टिकल साफ्ट मा पेनस्टक पाइप (ठाडो सुरुङ) जडान कार्यमा ढिलासुस्ती भएकाले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको जनाएको छ ।

निर्माण अवधि लम्बिनुमा स्थानीयको अवरोध, वन क्षेत्र, प्रसारण लाइन र वित्तीय व्यवस्थापनलाई पनि कारण मानिएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट दुईको पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय टेक्स्म्याको कम्पनीको आलटाल र ढिलासुस्तीकै कारणले काम अघि बढाउन नसकेपछि तल्लो ठाडो सुरुङ (लट तीन) को पाइप जडानको ठेक्का अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्स्म्याको र एन्ड्रिज हाइड्रोबीच त्रिपक्षीय सम्झौता गरेर काम अघि बढाइएको थियो । कम्पनी सिइओ विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यमा ढिलाइ भएकाले लक्ष्यअनुसार काम गर्न नसकेको बताए ।



Your Comments