नेपालको इन्जिनियरिङ क्षेत्र र विदेशी जनशक्ति

नेपालको इन्जिनियरिङ क्षेत्र र विदेशी जनशक्ति


इन्जिनियर्स नेपाल |  भदौ १८, २०७६,


engineersnepal.com

यति बेला नेपाल  समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर आर्थिक विकासमा लम्किरहेको छ । समृद्धिको पहिलो आधार – भौतिक पूर्वाधार (खानेपानी, सडक, बिजुली, सिँचाइ, दूर सञ्चार हो । तर यो आवश्यकतालाई नेपालले अहिले सम्म पूरा गरेको छैन ।

सबै जसो राजनीतिक दलका घोषणपत्रमा विकास पूर्वाधारका विषय प्राथमिकतामा छन् । जनप्रतिनिधिहरूले बजेट विनियो जनका क्रममा पनि
विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् ।


ADVERTISEMENT

जनताको आकांक्षा देशको आर्थिक विकास र समृद्धि हो भने यसलाई पूरा गर्ने जनशक्ति इन्जिनियरहरू हुन् । विकास निर्माणको प्राथमिकता हेर्ने हो भने खानेपानी, सडक पूर्वाधारले बढी महत्व पाएको देखिन्छ । यसलाई स्वाभाविक नै मान्नुपर्छ ।

त्यसपछि वैकल्पिक ऊर्जा, विद्युत् उत्पादन, विद्युत् वितरणका यो जनाहरू स्थानीय सरकारको चासोको विषय रहेको देखिन्छ । पूर्वाधार निर्माणका अन्य क्षेत्रहरू दूर सञ्चार , सिँचाइ, खानेपानी, नदी नियन्त्रण, पहिरो नियन्त्रण, आदि क्षेत्रले प्राथमिकता पाएको छ । यी पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्थापनपछिको महत्वपूर्ण
तत्व तत्तत् विषयका विज्ञ अथवा सम्बन्धित विषयका इन्जिनियरहरू नै हुन् ।

उनिहरूको भूमिकालाई नजर अन्दाजगरि यो भने जनताको चाहना पूरा हुने कल्पना गर्न सकिँदैन । स्थानीय सरकार को विकासको प्राथमिकताअनुसार विषयविज्ञ इन्जिनियरको दरबन्दी अहिलेको संरचनामा छैन । जुन प्राथमिक काम थियो ।

आवश्यक इन्जिनियर जनशक्तिको व्यवस्थापन गर्न नसक्दा गत सालका आयोजनामा देशले अपेक्षित उपलब्धि प्राप्त गर्न सकेन । अझै पनि विकास निर्माणको आवश्यकता अनुसारका विषयविज्ञ राख्ने तर्फ राज्यको ध्यान पुगेन भने समयमा पूर्वाधार निर्माणको सपना पूरा हुने अवस्था छैन ।

विगतमा जनशक्ति व्यवस्थापन ठूलो समस्याका रुपमा रहेको थियो र अहिले पनि यही अवस्था छ । नेपालमा इन्जिनियरिङ क्षेत्रमा विदेशी जनशक्तिको प्रयोग भएका छन् । कतिपय अवस्थामा यो आवश्यक छ र रहन्छ । नेपाली जनशक्ति छन् तर जटिल प्राविधिक विषय विज्ञका हिसाबले कतिपय अवस्थामा कमजोर हुन सक्छन् ।

अनुभवका हिसाबले कमी हुनसक्छ । यो अवस्थामा विदेशी जनशक्तिको प्रयोग नकार्न सकिन्न । चमेलिया, चिलिमे , कुलेखानी–३ लगायतका जलविद्युत्का आयोजनामा नेपाली इन्जिनियरहरूलाई जिम्मेवारी दिइएको थियो । तर, कतिपय योजनामा मेसिन निर्माता कम्पनीबाटै जनशक्ति ल्याएर काम लगाउनुपर्ने हुन्छ ।

यही कारण विदेशी जनशक्ति प्रयोग भएका छन् । नेपाली इन्जिनियरहरूले पनि विदेशमा गएर विज्ञता प्रकट गरेका छन् । विदेशी ऋणमा आयोजना बनाउनुपर्दा विदेशी इन्जिनियर राख्नुपर्ने शर्त मान्नुपर्ने हुन्छ । नेपाली वा विदेशी जुन जनशक्ति भए पनि प्रभावकारी ढङ्गले जनशक्ति व्यवस्थापन गर्न नसक्दाको परिणाम हामीले आर्थिक समृद्धिको राम्रो जगबसाल्न सकिरहेका छैनौँ ।



Your Comments