प्राविधिक बजार अनुसार विश्वबिद्यालयहरुले जनशक्ति उत्पादनमा जोड दिनुपर्छ

प्राविधिक बजार अनुसार विश्वबिद्यालयहरुले जनशक्ति उत्पादनमा जोड दिनुपर्छ


ई.कैलाश कार्की |  बैशाख १, २०७७, काठमाडौं


#
engineersnepal.com

द्रुतगतिमा अगाडि बड्दै गैरहेको विश्व बजारलाई आवश्यक पर्ने जनशक्ति परिपूर्ति गरिरहन हाम्रा शैक्षिक संस्था र विश्वविद्यालयहरु सक्षम छन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । 

प्रविधिको तिब्र विकासले भोलिको बजारलाई आत्मसाथ गर्दै अगाडि बड्न सक्ने जनशक्ति उत्पादन आज चुनौतिको रुपमा खडा भएको छ । 


ADVERTISEMENT

‘आर्टिफिसियल इन्टिलेजेन्स’ , ‘मेसिन लर्निङ्ग’, ‘रोबोटिक्स’ जस्ता प्रविधिको प्रयोगले उद्योगहरु स्वचालित उद्योगको रुपमा परिणत हुदैछन, जसको फलस्वरूप मानवीय जनशक्तिको माग घट्दो छ । 
अब स्वभाविक प्रश्न उठ्न सक्छ ‘आर्टिफिसियल इन्टिलेजेन्स’ लगायतका नयाँ प्रविधिले  हामी सबैलाई बेरोजगार त बनाउदै छैन ? केहि हदसम्म यो साचो हो ।

हामीले गरिरहेका कामहरु स्वचालित हुनेछन र मानिसले अरु नयाँ अवसर चाहर्नुपर्ने र खोज्नुपर्ने बाध्यता आउनेछ । अनुसन्धानहरुले देखाए अनुसार प्रविधिको प्रयोगले जति मानिसहरुले आफ्नो रोजगारी गुमाईरहेका छन त्यो भन्दा धेरै संख्यामा नयाँ रोजगारहरु सृजना भइरहेका छन । 

‘वल्र्ड इकोनोमिक फोरम’ले गरेको अनुसन्धान अनुसार  प्रविधिको तिव्र प्रयोगले गर्दा सन् २०२२ सम्म विश्वभर करिब पचहत्तर करोड मानिस आफ्नो रोजगार गुमाउने छन् भने झन्डै एक अर्ब तेत्तिस करोड नयाँ रोजगार सृजना हुनेछन ।  तर नयाँ सिर्जित रोजगारको हकमा उच्च प्राविधिक क्षमताको आवश्यक पर्ने देखिन्छ ।  

यसबाट के प्रष्ट हुन्छ भने मानवजाति जीवनभर एउटै रोजगारमा सिमित भएर जीवनयापन गर्ने सुबिधाबाट बिमुख हुनुपर्नेछ  र नयाँ काम को लागि आवश्यक क्षमता विकासको निमित्त तत्पर रहनुपर्दछ । 

इतिहास विद् युभल नोहा हरारीको शब्द सापट लिएर भन्नुपर्दा मानवजातिले आफ्नो जीवनलाई जीवनकाल भर पटक पटक नयाँ – नयाँ सिप बाट पुनर्ताजगी गराउन सके मात्र यो चलायमान विश्वमा अटाउन सजिलो हुन्छ । 

अब बहस  हुनु जरुरी छ कि भोलिको चलायमान विश्वमा  खपत हुन सक्ने जनशक्ति उत्पादन गर्न परम्परागत पाठ्यक्रममा सिमित हाम्रो शिक्षा पद्धति सक्षम छ ? सोचनीय यो छ कि आज जन्मेको बच्चालाई कस्तो खालको शिक्षा दिने ताकि उ सन् २०४५÷२०५० तिरको विश्वमा सजिलै अवसरको लागि सक्षम हुनेछ ।  

सन् २०५० तिरको विश्व कस्तो हुनेछ, पुर्वानुमान लगाउन कठिन छ । यतिमात्र भन्न सकिन्छ कि समाज, अर्थतन्त्र तथा सरकारी सेवा वितरण प्रणाली अहिलेको भन्दा निकै फरक हुनेछ । 

विश्व प्रविधिमय हुदै गैरहेको परिप्रेक्ष्यमा कुनै एउटा खास प्रविधिमा मात्र  आधारित रहेर शिक्षा दिदा २० बर्षपछी सो प्रविधिलाई अर्को नयाँ प्रविधिले बिस्थापित गरिसक्ने चुनौती थपिदिएको छ । 

यसरि हेर्दा के देखिन्छ भने अहिलेको पाठ्यक्रमको परिवर्तन नगरी परम्परागत शिक्षण पद्धतिमा सिमित रहदा विश्व बजार एकातिर, हामि अर्कैतिर हिडिरहेको हुनेछौ जसले गर्दा हाम्रा विश्वविद्यालयबाट उत्पादित ‘ग्र्याजुयट’हरुलाई  लय समात्न कठिन हुनेछ । पाठ्यक्रमको ढाचा परिवर्तन नितान्त आवश्यक छ तर अबको पाठ्यक्रममा कस्ता विषयहरु समावेश गर्ने भन्ने सन्दर्भमा व्यापक  चिन्तनको को खाचो छ । 

शिक्षाविद्हरुले  नितान्त्त प्राविधिक क्षमता अभिवृद्धिमा मात्र ध्यान दिनु को सट्टा अवको पाठ्यक्रममा बिश्लेषणात्मक सोचाई , समुहगत कार्य , संचार कौशलता  र सिर्जनशिलता जस्ता शिर्षकहरुको प्रवेशलाई जोड दिनु पर्ने देखिन्छ । 
फलस्वरूप उत्पादित जनशक्तिले विश्वमा हुने परिवर्तन लाई आत्मसाथ गर्दै अगाडि बड्ने क्षमता राखुन । कुनै विषयवस्तुको सतही ज्ञानभन्दा बिद्यार्थीहरुलाई नयाँ कुरा चाडै सिक्न सक्ने गरि प्रशिक्षित गराउन सकेको खण्डमा अहिलेका बिद्यार्र्थीहरुले भविष्यमा आइपर्ने जटिलतालाई सजिलै चिर्न सक्दछन् ।

मानसिक लचकता र भावनात्मकरुपमा आफु सन्तुलित हुन सकियो भने मानवजातिले जिवनभर नया कुरा सिक्न सक्ने क्षमता राख्दछ । अबको विश्व बजारलाई विषयवस्तु अथवा कुनै खास प्रविधिमा दखल भएको मान्छे मात्र होइन कि नयाँ कुरा चाडै सिक्न सक्ने, परिवर्तनलाइ आत्मसाथ गर्ने सक्ने जनशक्ति को खाचो छ ।  
माथिको बिश्लेषणवाट विद्यार्र्र्थी भाई बहिनिले यो नबुझिदिनुहोस कि हामीले पढिरहेको कुरा भविष्यमा काम नलाग्ने रहेछ , किन पढिरहनु ? 

आफ्नो अध्ययनको दायर बढाउदैै भविष्यमा आइपर्न सक्ने चुनौतीलाई सामना गर्न पनि आफुलाई तत्पर बनाउन आवश्यक छ । जुनसुकै कुरा पनि सिक्न मानसिक रुपमा आफुलाई तयार बनाउनुनै आजको आवश्यकता हो । 
आजभन्दा २० वर्ष अघि फर्केर हेर्दा विश्वमा ‘एप डेभलोपर’ , ‘डाटा साइन्टिस्ट’, ‘डिजिटल  मार्केटिङ  म्यानेजर’ जस्ता पदमा रोजगारहरु थिएनन तर आज यिनीहरुको माग धेरै छ ।   

आफुलाई नयाँ काममा रुपान्तरण गर्नका निमित्त मानिस संग नयाँ कुरा सिक्न सक्ने क्षमता र नयाँ वातावरण संग घुलमिल हुन सक्ने क्षमता आवश्यक छ । परिवर्तनलाई आत्मसाथ गर्ने सक्ने गतिशील जनशक्ति उत्पादनको निमित्त वर्तमान शिक्षण पद्धतिमो आमुल परिवर्तन आवश्यक छ ।  

यसका लागि पाठ्यक्रममा सुधारको साथसाथै शिक्षण पद्धति सुधारमा अग्रभागमा रहेर काम गर्ने शिक्षकहरुले नै सर्बप्रथम परिवर्तनलाई आत्मसाथ गर्दै सो अनुरुप विद्यार्र्थीलाई प्रशिक्षित गराउदै लैजानुपर्ने देखिन्छ । 
शिक्षकहरुले  कुनै विषयवस्तु ज्ञाताको भूमिकामा मात्र सिमित नभई उत्प्रेरकको भूमिका पनि निभाउनु पर्दछ । 
अब आउने पुस्तालाई के सिक्ने भन्दा पनि कसरि सिक्ने भन्ने ज्ञान दिन सकियो भने उनीहरुलाई संसारमा आइपर्ने प्राविधिक जटिलता लाई सजिलै चिर्न सक्छन । 

 



उपप्राध्यापक

नेपाल इन्जिनियरिङ्ग कलेज

2 Comments

Preeti Jha

April 17, 2020, 1:56 p.m.

Great article sir

Preeti Jha

April 17, 2020, 1:52 p.m.

great article sir nepal ko education system change hunu nikae aabsyk xaa aaune generation le biswa sanga hidna we need change in our education system

Your Comments