डा. भोला थापाको ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशित

डा. भोला थापाको ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशित


इन्जिनियर्स नेपाल |  चैत २९, २०७६, काठमाडौं


#
engineersnepal.com

काठमाडौँ  विश्वविद्यालयमा इन्जिनियरिङ अध्यापन सुरुवात र बिकास क्रमका इतिहास बारे डा. भोला थापाको ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशन भएको छ ।

विश्व  बैङ्क, एसियाली विकास बैङ्क र पूरै सरकार लाग्दा पनि सुरु नभएको  इन्जिनियरिङको शैक्षिक कार्यक्रम काठमाडौँ  विश्वविद्यालयमा सुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुन सक्छ भनेर यो पुस्तक तयार गरेको लेखक थापाको भनाई रहेको छ ।
पुस्तकमा काठमाडौं विश्वविद्यालयमा नर्वेजियन सहकार्यलाई बिशेष प्राथमिकता दिईएको छ । तेस्तै नर्वेजियन प्रा. इन्गे योहान्सनको योगदान विश्वविद्यालयको फड्कोमा कोशेढुङ्गा साबित भएको लेखकले चित्रण गरेका छन् । 


ADVERTISEMENT

पुस्तकमा जलविद्युतमा नेपाल नर्वकोे सहकार्यबारेमा पनि पढ्न पाईन्छ ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका डा.थापा सन् १९९४ देखि काठमाडौँ  विश्वविद्यालयमा सेवारत छन् ।

डा. थापाको यस पुस्तकमा डा. सुरेशराज शर्मा, डा. सीताराम अधिकारी र डा. भद्रमान तुलाधरको टिप्पणाी रहेको छ ।

ऐतिहासिक पुस्तक : डा. सुरेशराज शर्मा

स्नातक  तहको जग सिर्जना भई त्यसपछि  इन्जिनियरिङ  शिक्षाका  लागि मेरुदण्डको  भूमिका प्रदान गर्न सक्ने स्नातकोत्तर तहको इलेक्ट्रिकल पावर इन्जिनियरिङ  कोर्स प्रारम्भ गर्न र सुरुकै वर्षदेखि  दक्षिण  पूर्वी एसिया देखि अफ्रिका सम्मका विकासोन्मुख  देशका विद्यार्थीलाई  समेत  समेटी  कार्य  सुरु गर्ने  क्रमको  साहसिलो  कदमको  सूत्रपात  भएको  विवरण  पुस्तकमा पढ्न पाइन्छ  ।  

काठमाडौँ  विश्वविद्यालयको  इन्जिनियरिङ कार्यक्रमको ऐतिहासिक विकास क्रमलाई  प्रस्ट्याउने  महत्वपुर्ण पुस्तक लेख्नुभएकोमा यो संस्था गौरवान्वित  हुनुपर्ने देख्तछु ।

महत्वपुर्ण दस्तावेज : डा. सीताराम अधिकारी

नर्वेली प्राध्यापक  डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखिए पनि यसमा  काठमाडौँ  विश्व विद्यालयको  इन्जिनियरिङ  कार्यक्रमको प्रारम्भदेखि हालसम्मको  विकास क्रम  समेटिएको  मैले  पाएँ  ।

नेपालको  इन्जिनियरिङ शिक्षाको सङ्क्षिप्त  ऐतिहासिक झलक  पनि यसमा  पढ्न पाइन्छ । यसका लेखक  मेकानिकल  इन्जिनियरिङ  विभागका  प्राध्यापक, विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक  उपकुलपति  पनि भइसक्नुभएको हुँदा यसमा लेखिएका कुराहरूलाई प्रामाणिक र आधिकारिक मान्नुपर्ने हुन्छ ।

अभिलेख राख्ने प्रयास : डा. भद्रमान तुलाधर

यो  पुस्तक काठमाडौँ  विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यस मा अहम् भूमिका खेलेका संस्थापकहरू, शिक्षकहरू र इन्जिनियरहरूका साथै नर्वेको सहयोग प्राप्त गर्न अथक योगदान दिने प्रा. डा. इन्गे योहान्सन बारेको अभिलेखका रूपमा प्रस्तुत गर्न प्रा. डा. भोला थापाको प्रयासको  प्रतीक हो ।

डा.  भोला थापाले काठमाडौँ  विश्वविद्यालयको इन्जिनियरिङ शिक्षाका  इन्जिनियरको आलेख  पूर्णरूपमा  प्रस्तुत गर्न सफल हुनुभएको छ ।
 



Your Comments