क्ल्याम्पहुकले आइओइ एमएससी प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्ने

क्ल्याम्पहुकले आइओइ एमएससी प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्ने



engineersnepal.com

क्ल्याम्पहुक एकेडेमिले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत हुने स्नाकोत्तर तहको प्रवेश परीक्षाका लागि तयारी कक्षा संचालन गर्ने भएको छ ।

बीईको लागि प्रवेश परीक्षा तयारी कक्षा संचालन गरिसकेको  क्ल्याम्पहुकले माघ १५ गते देखि एमएससीको लागि अनलाइन कक्षा संचालन गर्न लागेको हो ।


ADVERTISEMENT

ब्याचलर्समा जस्तै मास्टर्समा पनि भर्ना पाउनका लागि पछिल्लो समय प्रतिस्पर्धा बढेकोले तयारी कक्षा संचालन गर्न लागेको ल्याम्पहुकका संस्थापक इन्जिनियर बिक्की छन्त्यालले जानकारी दिए ।

एमएससीको इन्ट्रान्समा अगाडी मेरिटमा पर्न बिशेष गरि म्याथमयाटिक्सको भाग निर्णायक जस्तै मानिन्छ, छन्त्याल भन्छन्  क्ल्याम्पहुकको कक्षामा म्याथमयाटिक्सको पोर्सनलाई जोड दिइने छ ।

शुक्रबार देखि सिमित सिटका लागि रजिस्ट्रेसन खुला गरेको कल्याम्पहुकले पाँच हजार शुल्क तोकेको छ ।

बिद्यार्थीहरुले क्ल्याम्पहुकको वेवसाइटमा निशुल्क रुपमा १० वटा नमुना प्रश्नपत्रको सेटमा अभ्यास गर्न समेत पाउने इन्जिनियर छन्त्यालले बताए । त्यस्तै अनलाइन अध्ययन सामाग्री र साप्ताहिक अनलाइन परीक्षा दिने ब्यबस्था पनि क्ल्याम्पहुकले मिलाएको छ ।

करिब छ सय सिटका लागि हरेक बर्ष तीनहजार भन्दा बढी विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको स्नाकोत्तर तहको प्रवेश परिक्षामा सहभागी हुने गरेका छन्। 

शिक्षा मन्त्रालयबाट छनोट हुने बैदेशिक छात्रवृत्ति प्राप्त गर्न समेत आइओइको स्नाकोत्तर तहको प्रवेश परिक्षाको स्कोर महत्वपुर्ण हुने गर्दछ ।

अनलाइन रजिष्ट्रेसनको लागि यो लिङ्कमा जानुहोस्

https://clamphook.com/class/msc/ioe



Your Comments