सिभिल इन्जिनियरिङ लोकसेवा तयारीको लागि 'एमसिक्यु म्याराथन' संचालन गर्दै इटेक एकेडेमी

सिभिल इन्जिनियरिङ लोकसेवा तयारीको लागि 'एमसिक्यु म्याराथन' संचालन गर्दै इटेक एकेडेमी


इन्जिनियर्स नेपाल |  पुस १३, २०७८,


engineersnepal.com

छोटो समयमा सिभिल इन्जिनियरिङ लोकसेवा तयारी गर्न चाहाने इन्जिनियरहरुको सहजताका लागि इटेक एकेडेमीले 'एमसिक्यु म्याराथन' संचालन गर्ने भएको छ।

एकेडेमीले लोकसेवा परीक्षाको मिति नजिकिदै गर्दा महत्त्वपूर्ण प्रश्नहरू पौष १७ गते देखि लाइभ 'एमसिक्यु म्याराथन' मार्फत परीक्षार्थीहरुलाई छ हजार शुल्कमा अभ्यास गराउन लागेको हो।


ADVERTISEMENT

यस 'एमसिक्यु म्याराथन' बाट प्रतिस्पर्धा बढ्दै गइरहेको लोकसेवा परिक्षामा छोटो समयमा कुन किताब पढ्ने र कहाँ बाट पढ्ने भन्ने परीक्षार्थीहरुमा रहेको अन्योलतालाई सहज बनाउने एकेडेमीका इभेन्ट म्यानेजर इन्जिनियर नवीन ओलियाले जानकारी दिए।

म्याराथनमा लोकसेवामा सफल भैसकेका इन्जिनियरहरुबाट महत्त्वपूर्ण प्रश्नहरुको प्रयाप्त कलेक्सन अनलाइन कक्षा मार्फत अभ्यास गराइनेछ र कक्षाको अन्तिममा 'कोइसन एण्ड डिस्कसन' सेसन रहनेछ।

सिभिल इन्जिनियरिङ लोकसेवा सात तहको पाठ्यक्रममा आधारित भएर ३० दिनमा ३००० भन्दा बढी प्रश्नहरुको लाइभ अभ्यास गराउने एकेडमीले
दावी गरेकोछ।

म्याराथनले जनरल टेक्निकल सब्जेक्ट (५० नम्बर) र जनरल अवार्नेस एण्ड कन्टेमप्रोरी इसुजको भाग समेट्ने छ। कक्षा संचालनको समय बेलुकी ८ बजे रहेको छ।

सिभिल इन्जिनियरिङ लोकसेवा 'एमसिक्यु म्याराथन' रजिस्ट्रेसन फारामा : https://bit.ly/3mCAouf



Your Comments