इटेक एकेडेमीले इन्जिनियरिङको लोकसेवा तयारी कक्षा संचालन गर्ने

इटेक एकेडेमीले इन्जिनियरिङको लोकसेवा तयारी कक्षा संचालन गर्ने


इन्जिनियर्स नेपाल |  कात्तिक २९, २०७८,


engineersnepal.com

इटेक एकेडेमीले सिभिल इन्जिनियरिङ तर्फको लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । एकेडमीले  मङ्सिर १ गतेदेखि अनलाइन मार्फत कक्षा संचालन गर्न लागेको हो।

लोकसेवा आयोगको संघको पाठ्यक्रम अनुसार पहिलो र दोश्रो दुवै प्रश्न पत्रको कक्षा संचालन हुने एकेडेमीका कोडिनेटर इन्जिनियर जनक न्यौपानेले जानकारी दिए । लामो समय देखि सिभिल इन्जिनियरिङको लोकसेवा कक्षामा अध्यापन गराइरहनुभएका प्रध्यापकहरूबाट कक्षा संचालन हुने इन्जिनियर न्यौपाने बताउछन्। 


ADVERTISEMENT

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका कलेजमा अध्यापन गराइरहेका प्रभावकारी प्राध्यापक तथा लामो समयदेखि लोकसेवा कक्षा पढाइरहेका निजामती सेवामा कार्यरत इन्जिनियरको टिमले कक्षा लिने एकेडेमीले बताएको छ । 

पहिलो र दोश्रो पत्रका सम्पूर्ण कक्षाहरुको लागि विद्यार्थीले दश हजार शुल्क तोकिएको छ ।  एकेडेमीले तयारी कक्षा लिने विद्याार्थीहरूलाई डिजिटल नोट, लोकसेवाका पुराना प्रश्नपत्र, वीक्ली टेस्ट तथा अभ्यास गर्न दश हजार बढी 'एमसीक्यु'को समेत ब्यबस्था गरेको संस्थाका इभेन्ट म्यानेजर नवीन ओलीयाले जानकारी दिए ।

बिशेष गरि कामको सिलसिलामा उपत्यका बाहिर भएका तथा काममा ब्यस्त भएर भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अझ फलदायी हने इन्जिनियर ओलीयाको दावी रहेको छ । 

लोकसेवा आयोगले गत बुधवार २०६ जना सिभिल इन्जिनियरका लागि विज्ञापन खुलाएको छ ।

भर्ना फारामका लागि यहाँ क्लिक्क गर्नुहोस्



Your Comments