अब ६ हजारमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा पढ्न पाइने

अब ६ हजारमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा पढ्न पाइने


इन्जिनियर्स नेपाल |  जेठ १२, २०७८,


engineersnepal.com

क्ल्याम्पहुक एकेडेमीले निषेधाज्ञा बिच इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गत हुने ब्याचलर्स तहको प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा संचालन गर्ने भएको छ ।

अघिल्लो बर्ष अनलाइन कक्षा संचालन गरिसकेको क्ल्याम्पहुकले जेठ २१ गते सम्म सिमित सिट लागि नाम दर्ता गर्न समय तोकेको छ ।


ADVERTISEMENT

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरि सर्बसुलभ होस् भनेर फुल कोर्षको ६ हजार मात्र तोकिएको क्ल्याम्पहुकका संस्थापक इन्जिनियर बिक्की छन्त्यालले जानकारी दिए । 

‘क्ल्याम्पहुकमा कक्षा लिने सबैै टिचरहरू पुल्चोक बाटै ग्रयाजुयट इन्जिनियर र पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्दै गरेर अघिल्लो बर्षका आइओइ टपर हुनुहुन्छ’ छन्त्यालले भने ‘आइओइ प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनु पर्ने माइक्रो लेभलका कुराहरू पनि क्ल्याम्पहुकले सिकाउछ ।’  कक्षाहरू लाइभ अनलाइन संगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने छन्त्यालले बताए । 

विद्यार्थीलाई गणित, फिजिक्स्, केमेस्ट्री तथा अंग्रेजी विषयको आइओइ प्रवेश परीक्षाको सेलेबसमा आधारित डिजिटल नोटको ब्यवस्था समेतको सुविधा रहेको क्ल्याम्पहुकले जनाएको छ ।

विगतका वर्षदेखि आइओइ इन्ट्रान्समा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने संस्थापक छन्त्यालले जानकारी दिए । 

क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाइ हरेक शनिवार ‘वीक्ली मक टेस्ट’ को ब्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्र्कड प्लयाटफम’ उपलब्ध गराइने छ । 

पुल्चोक क्याम्पसको ५७६ सिटका लागि हरेक बर्ष १२ हजार भन्दा बढी विद्यार्थीले आइओइको प्रवेश परिक्षामा सहभागी हुने गरेका छन्।

पुल्चोक क्याम्पस बाहेक आइओइ अन्तर्गतका ४ आंगिक क्याम्पस लगायत प्राइभेट कलेजमा भर्ना पाउन पनि विद्यार्थीले राम्रो मेरिटमा परीक्षा पास गर्नु पर्ने हुन्छ ।


अनलाइन रजिष्ट्रेसनको लागि यो लिङ्कमा जानुहोस् :

https://clamphook.com/classrooms/60a627d4483016479030a231



1 Comments

Siddharth singh

May 26, 2021, 8:12 p.m.

Help full during lockdown

Your Comments