क्ल्याम्पहुकले आइओइ एमएससीको अनलाइन प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्दै

क्ल्याम्पहुकले आइओइ एमएससीको अनलाइन प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्दै


इन्जिनियर्स नेपाल |  बैशाख २०, २०७८,


engineersnepal.com

क्ल्याम्पहुक एकेडेमिले निशेषाज्ञा बिच इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत हुने स्नाकोत्तर तहको प्रवेश परीक्षाका लागि दोश्रो चरणको अनलाइन तयारी कक्षा संचालन गर्ने भएको छ ।

एमएससीको पहिलो कक्षा संचालन गरिसकेको क्ल्याम्पहुकले दोश्रो चरणको लागि २४ गते शुक्रबारसम्म नाम दर्ता गर्ने विद्यार्थीहरू कक्षामा सहभागी हुन पाउने क्ल्याम्पहुकले जनाएको छ ।


ADVERTISEMENT

ब्याचलर्समा जस्तै मास्टर्समा पनि भर्ना पाउनका लागि पछिल्लो समय प्रतिस्पर्धा बढेकोले तयारी कक्षा संचालन गर्न लागेको क्ल्याम्पहुकका संस्थापक इन्जिनियर बिक्की छन्त्यालले जानकारी दिए । 

शुक्रबार सम्म सिमित सिटका लागि रजिस्ट्रेसन खुला गरेको कल्याम्पहुकले फुल कोर्षको पाँच हजार शुल्क तोकेको छ । कक्षाहरू लाइभ अनलाइन संगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने छन्त्यालले बताए । 

विद्यार्थीलाई गणित र अंग्रेजी लगायत कोर विषयको आइओइ प्रवेश परीक्षाको पाठ्यक्रममा आधारित डिजिटल नोटको ब्यवस्था समेतको सुविधा रहेको क्ल्याम्पहुकले जनाएको छ ।

विगत तीन वर्षदेखि एमएससी प्रवेश परीक्षामा आएको प्रश्नहरूको आधारमा तयार पारिएको बीस वटा नमुना प्रश्न पत्रका सेटहरू अभ्यास गन दिइने संस्थापक छन्त्यालले जानकारी दिए । 

क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाइ हरेक शनिवार ‘वीक्ली मक टेस्ट’ को ब्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्र्कड प्लयाटफम’ उपलब्ध गराइने छ । सेक्सन बी अन्तर्गत कोर विषयहरुको ‘गाइडेन्स सेसन‘हरू गराइने पनि क्ल्याम्पहुकले जनाएको छ ।

करिब छ सय सिटका लागि हरेक बर्ष तीनहजार भन्दा बढी विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको स्नाकोत्तर तहको प्रवेश परिक्षामा सहभागी हुने गरेका छन्। ।

शिक्षा मन्त्रालयबाट छनोट हुने बैदेशिक छात्रवृत्ति प्राप्त गर्न समेत आइओइको स्नाकोत्तर तहको प्रवेश परिक्षाको स्कोर महत्वपुर्ण हुने गर्दछ ।

अनलाइन रजिष्ट्रेसनको लागि यो लिङ्कमा जानुहोस् :

https://www.facebook.com/ClamphookMSc

 
 



1 Comments

Avishesh Mandal

May 3, 2021, 9:24 p.m.

Good

Your Comments