पूर्वाञ्चल विश्वविद्यालयमा 'बी.ई' भर्नाका लागि पूनः प्रवेश परीक्षा हुँदै

पूर्वाञ्चल विश्वविद्यालयमा 'बी.ई' भर्नाका लागि पूनः प्रवेश परीक्षा हुँदै


इन्जिनियर्स नेपाल |  चैत १५, २०७७,


engineersnepal.com

पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायको शैक्षिक सत्र २०७७/७८को स्नातक तहकालागि पूनः प्रवेश परीक्षा हुने भएको छ।

विश्वविद्यालयले निर्धारित समयावधि भित्र भर्ना भई रिक्त रहेका कोटा संख्यामा नयाँ विद्यार्थी भर्नाका लागि पूनः प्रवेश परीक्षा गराउने भएको हो । 


ADVERTISEMENT

प्रवेश परीक्षा फारम भर्ने अन्तिम म्याद चैत २७ गतेसम्म रहेको छ। परीक्षा फारम शुल्क १५ सय रुपैयाँ तोकेको छ। 
विश्वविद्यालयले २०७८ बैशाख ३ गते प्रवेश परीक्षा गराउने जनाएको छ । 

इच्छुक विद्यार्थीहरुले भर्ना हुन चाहेको र रिक्त रहेको शैक्षिक कार्यक्रममा सम्बन्धित  कलेजमा चैत २७ गतेसम्म विश्वविद्यालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको प्रमाणपत्रसहित फारम बुझाउन आग्रह गरेको छ।
 



Your Comments