आइओइ अन्तर्गतका कलेजमा पहिलो चरणको भर्ना सकियो: पुल्चोकमा ९४ % र जनकपुरमा ११ % विद्यार्थी भर्ना

आइओइ अन्तर्गतका कलेजमा पहिलो चरणको भर्ना सकियो: पुल्चोकमा ९४ % र जनकपुरमा ११ % विद्यार्थी भर्ना



engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गतका पहिलो चरणको भर्ना सकिदाँ सबैभन्दा बढी पुल्चोक क्याम्पसमा र सबै भन्दाकम विद्यार्थी जनकपुर इन्जिनियरिङ कलेजमा भर्ना भएका छन् । 

पुल्चोक क्याम्पसमा कुल सिट संख्याको ९४ प्रतिशत सिट भरिदाँ जनकपुर इन्जिनियरिङ कलेजमा ११ प्रतिशतमात्रै भर्ना भएको तथ्यांकले दोखाएको छ । 


ADVERTISEMENT

पुल्चोक क्याम्पसमा ५ सय ७६ सिट मध्ये ३२ सिट मात्रै खाली रहेको छ । ८ वटा इन्जिनियरिङ विषय अध्ययन गराउँदै आएको पुल्चोकमा   ५ वटा विषयमा सिट बाँकी रहेको छ ।

जसमा सबैभन्दा बढी केमिकल इन्जिनियरिङमा ११ सिट, एरोस्पेसमा ९ सिट, इलेक्ट्रीकलमा ९ सिट र आर्टिटेक्चर, इलेक्ट्रोनिक्स, मेकानिकलमा १–१ सिटमात्रै बाँकी रहेको छ । 

थापाथली क्याम्पस ४ सय ३२ सिट मध्ये ६५ सिट बाँकी रहेको छ । करिब ८५ प्रतिशत सिटमा विद्यार्थी भर्नाहुँदा सबैभन्दा बढी मेकानिकल र सिभिल इन्जिनियरिङमा सिट खाली रहेको छ । 

पश्चिमञ्चल क्याम्पस पोखरामा ४ सय ३२ सिटमध्यै ७० सिट खाली रहेको छ । उक्त क्याम्पसमा अटोमोबाइल, जियोमेटिक्स, मेकानिकल र इलेक्ट्रोनिक्समा उल्लेख्य सिट खाली रहेको छ । पश्चिमञ्चल क्याम्पसमा ८३.८० प्रतिशत सिट भरिएका छन् । 

पूर्वाञ्चल क्याम्पसको ४ सय ८० सिट मध्ये ६८ सिट खाली रहेका छन्।  ८५.८३ प्रतिशत सिटमा विद्यार्थी भर्नाहुँदा मेकानिकल, सिभिल र इलेक्ट्रोनिक्समा बढी सिट खाली रहेको छ। 

चितवन इन्जिनियरिङ क्याम्पसमा आर्किटेक्चरको २४ मध्ये ४ सिट बाँकी छ । आइओइको केद्रिकृत भर्ना प्रणालीले  त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी कलेजहरुमा धेरै सिट बाँकी रहेको छ ।

काठमाडौं इन्जिनियरिङ कलेजमा ३८४ सिट मध्ये १४५ सिट खाली रहेको छ ।कान्तिपुर इन्जिनियरिङ कलेजमा २८८ सिट मध्ये १३२ सिट खाली रहेको छ ।एडभान्स कलेजमा ३३६ सिटमध्ये १६७ खाली रहेका छन् । हिमालय कलेजको २४० सिटमध्ये १०५ सिट बाँकी रहेको छ। 

नेश्नल कलेजमा २४० सिटमध्ये १२८ सिट खाली रहेको छ । क्याथफोर्ड इन्टरनेश्नल कलेजमा १९२ मध्ये ५३ सिट बाँकी छ । 

जनकपुर इन्जिनियरिङ कलेजमा सबैभन्दा बढी सिट खाली रहेको छ। १९२ सिट मध्ये १७० सिट भर्नाको लागि खाली छ । र ख्वोपा कलेजमा १९२ मध्ये २८ सिट खाली रहेको छ। इलेक्ट्रीकलमा २० र सिभिलमा ४ सिट बाँकी छ ।

सम्पादकीय : माथी उल्लेखित तथ्याङ्क  केन्द्रीय भर्ना पोर्टलबाट लिइएको हो । अध्यावधिक समय २०७७/१२/०४



Your Comments