विद्यार्थी अपुगभएपछि एमयुमा इन्जिनियरिङको दोस्रो पटक प्रवेश परीक्षा हुँदै

विद्यार्थी अपुगभएपछि एमयुमा इन्जिनियरिङको दोस्रो पटक प्रवेश परीक्षा हुँदै


इन्जिनियर्स नेपाल |  फागुन १७, २०७७,


engineersnepal.com

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय, अन्तर्गत सञ्चालित स्नातक तहको लागि दोस्रो पटक प्रवेश परीक्षा लिने भएको छ ।

 विश्वविद्यालयले पहिलो प्रवेश परीक्षामा आवश्यक कोटा अनुसार विद्यार्थी पास नहुँदा दोस्रो पटक प्रवेश परीक्षा गराउने भएको हो । 


ADVERTISEMENT

विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ र हाइड्रोपावर इन्जिनियरिङ विषयमा १४४ जना भर्ना गर्नका लागि लिइएको प्रथम प्रवेश परीक्षामा ५९ जना मात्रै उत्तिर्ण भएका थिए। जसमा प्रवेश परीक्षाको लागि ३२८ जनाले आवेदन दिएकोमा २८७ जना परीक्षामा सहभागी भएका विश्वविद्यालयले उल्लेख गरेको छ ।

विश्वविद्यालय अन्तर्गत सिभिल, कम्प्युटर तथा हाइड्रोपावर कार्यक्रममा शैक्षिक सत्र २०७७/७८ का लागि केहि सिट रिक्त रहेकाले दोस्राे पटक सञ्चालन हुने  बताएको छ । 

दोस्रो पटकको प्रवेश परीक्षाको लागि फागुन १७ गतेदेखी आवेदन फारम वितरण हुने विश्वविद्यालयले  सूचना जारी गरेको छ । 

जसअनुसार आवेदन फारम बुझाउने अन्तिम मिति चैत ५ गते सम्म रहेको छ । प्रवेश परीक्षाको लागि १ हजार शुल्क बुझाउनु पर्ने छ । प्रवेश परिक्षा चैत ८ गते इन्जिनियरिङ केन्द्रिय क्याम्पस वीरेन्द्रनगर सुर्खेतमा हुने छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशन चैत ११ गर्ने रजिस्ट्रार कार्यलयले  उल्लेख गरेको छ । 




2 Comments

Akriti Pokhrel

March 8, 2021, 6:03 p.m.

Good

Rakesh Yadav

March 2, 2021, 1:34 p.m.

Civil engineer

Your Comments