एमयूको इन्जिनियरिङमा १४४ जनाको सिट, प्रवेश परीक्षामा ५९ जना उत्तिर्ण

एमयूको इन्जिनियरिङमा १४४ जनाको सिट, प्रवेश परीक्षामा ५९ जना उत्तिर्ण


इन्जिनियर्स नेपाल |  फागुन १४, २०७७,


engineersnepal.com

मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकतहको भर्नाका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

कर्णाली प्रदेशमा रहेको एक मात्र इन्जिनियरिङ अध्ययन गर्ने संस्थाको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालयले बिहिबार प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ र हाइड्रोपावर इन्जिनियरिङ विषयमा १४४ जना भर्ना गर्नका लागि लिइएको प्रवेश परीक्षामा ५९ जना उत्तिर्ण भएका हुन् ।

प्रवेश परीक्षाको लागि ३२८ जनाले आवेदन दिएकोमा २८७ जना परीक्षामा सहभागी भएका विश्वविद्यालयले उल्लेख गरेको छ ।

‘बिहिबार प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ’, क्याम्पस प्रमुख सोनालाल यादवले भने ‘१४४ जनाको कोटामा भर्ना गर्न ५९ जना मात्र पास भएका छन् । अब आर्को परीक्षा गराउने बारे परीक्षा समितिले निर्णय गर्छ ।’
 



Your Comments