इलेक्ट्रिकल इन्जिनियरिङ किन पढ्ने? यस्ता छन् अवसर

इलेक्ट्रिकल इन्जिनियरिङ किन पढ्ने? यस्ता छन् अवसर


इन्जिनियर्स नेपाल |  फागुन ९, २०७७,


engineersnepal.com

इलेक्ट्रिकल इन्जिनियरिङ ‘पावर’संग सम्बन्धीत विषय हो । यसमा मुख्यगरी ३ वटा क्षेत्र रहेका हुन्छन् । जसमा जेनेरेसन, ट्रान्समिसन र डिस्ट्रीब्युसन रहेको हुन्छ ।  

इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने विद्यार्थीले विद्युत उत्पादन कसरी हुन्छ ? पावर जेनेरेसनको लागि स्रोतहरु के के हुन्छन् भन्ने विषय इलेक्ट्रिकल इन्जिनियरिमा पढ्नुपर्छ । पानी, सोलार, कोइला, डिजेल वा अन्य खनिज पदार्थ जस्ता के के बाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने पाठ्यक्रममा रहेको हुन्छ । 


ADVERTISEMENT

उदाहरणका लागि नेपाल सहित विश्वमा अधिकांस मुलुकमा पानीबाट विद्युत उत्पादन गरिन्छ ।  पानीबाट विद्युत उत्पादन  कसरी हुन्छ ? कस्ता प्रकारका उपकरण प्रयोग गरिन्छ । पानीको फोर्स कति चाहिन्छ लगायतको कुरा पढ्नु पर्छ । विद्युत उत्पादनको स्रोत अुनसार तरिका फरक फरक रहेको हुन्छ । 

विद्युत उत्पादन भैसकेपछि एकठाउँबाट अर्को ठाउँमा कसरी पु¥याउँने भन्ने ट्रान्सिमिसन सम्बन्धी विषय पढ्नुपर्छ । उत्पादन भएको विद्युतलाई खेर नफालि सम्बन्धीत ठाउँमा कसरी पुर्याउने ? विद्युत चुहावट वा लस कसरी नियन्त्रण गर्ने भन्ने यसमा रहेको हुन्छ ।

उदाहरणका लागि तामाकोशीको विद्युत काठमाडौंमा ल्याउनको लागि कस्तो प्रशारण लाइन राख्ने, कति केभी को हुने भन्ने जस्ता विषय यसमा रहेका हुन्छन् । 

तेस्रो विषय रहेको छ डिस्ट्रीब्युसन । यसमा कुन क्षेत्रमा कति भोल्टेज विद्युत अवाश्यक पर्छ त्यो अनुसार विद्युत वितरण गर्नुपर्छ । उद्योगका लागि कस्तो लाइन चाहिन्छ ? प्रसारण लाइनबाट आएको हाई भोल्टेज विद्युतलाई आवश्कता अनुसार सामान्य घरको लागि कस्तो चाहिन्छ वितरण गरिन्छ । 
  
इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन पश्चात नेपालमा राम्रो अवसर रहेको छ । नेपालमा पानीबाट विद्युत उत्पादन गर्न क्षमता विश्वमै राम्रो स्थानमा रहेको छ । नेपालमा उत्पादन गरेर भारत तथा बंगलादेशलाई बेच्ने कुरा भैरहेको छ । 

इलेक्ट्रिकल इन्जिनियरको लागि नेपाल विद्युत प्राधिकरणमा सबै भन्दा आकर्षण क्षेत्र रहेको छ । त्यो संगै हरेक उद्योगमा इलेक्ट्रिकल इन्जिनियरको माग रहेको हुन्छ । विद्युत उत्पादन, प्रशारण र वितरण ३ वटै क्षेत्रमा नै इलेक्ट्रिकल इन्जिनियर आवश्यक पर्छ ।  इलेक्ट्रिकल उपकरणको निर्माण तथा मर्मतपनि यसै क्षेत्रका इन्जिनियरले काम गर्छन् । 

इलेक्ट्रिकल इन्जिनियरिङ गरेको व्यक्तिले स्पेसिफिक भएर वायोटेक सम्बन्धी काम गर्न पाउँछन् । ट्रेनिङ लिएर वायोटेक सम्बन्धी उपकरण हेर्न सक्छन् । 

उच्च शिक्षा लिनको लागि इलेक्ट्रिकल इन्जिनियरिङ पढेको विद्यार्थी   कम्युनिकेसन इन्जिनियरिङ वा कम्प्युटर इन्जिनियरिङमा जानपनि सक्छ । तर कम्युनिकेसन वा कम्प्युटरमा इन्जिनियरिङ गरेको व्यक्ति इलेक्ट्रिकलमा आउन सक्दैन । 

नेपालमा मात्रै होइन इलेक्ट्रिकल इन्जिनियरिङ गरेको विद्यार्थीले विदेशमा पनि उत्तिकै अवसर पाएको हुन्छ । कुन देशमा कति इलेक्टिकल इन्जिनियर आवश्यक छ भन्ने कुरा विद्युत जति खपत गर्न सक्छ त्यो अनुसार इन्जिनियर आवश्यक पर्छ । नेपालमा इलेक्टिकल इन्जिनियरिङ पढेको विद्यार्थीले बाहिर गएर कोइला वा विभिन्न खनिज पदार्थबाट कसरी विद्युत उत्पादन गर्ने भन्ने अध्ययन गरेका हुन्छन् । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनको लागि मेरिट लिस्टमा ६०० नम्बर सम्म परेका विद्यार्थीले सजिलै भर्ना पाउँछन् । 

इलेक्ट्रिकल इन्जिनियरिङ सम्बन्धी अध्ययन सन् १९९२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शुरु भएको हो । हाल इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडीसम्म गर्न सकिन्छ । 

पुल्चोक क्याम्पस इलेक्ट्रिकल बिभागका विभागीय प्रमुख  ई. महम्मद बदरुदोजा संग  इन्जिनियर्स नेपालले गरेको कुराकानीको संपादित अंश


 



Your Comments