मेकानिकल इन्जिनियरिङ किन पढ्ने? यस्ता छन् अवसर

मेकानिकल इन्जिनियरिङ किन पढ्ने? यस्ता छन् अवसर


इन्जिनियर्स नेपाल |  फागुन ७, २०७७,


engineersnepal.com

मेकानिकल मुख्यतया मेकानिक्स संग सम्बन्धित छ । कुनैपनि मेसिनको मर्मत सम्भार देखि डिजाइन , प्रोडक्सन संगै रिपेर मेन्टेनेन्स् सम्म यस बिधाको मुख्य काम हुन्छ । मेकानिक्सको काम गर्न इच्छा भएका विद्यार्थीले मेकानिकल इन्जिनियरिङको विषय पढ्दा राम्रो हुन्छ  । त्यसबाहेक मेकानिकल इन्जिनियरिङ पढेको विद्यार्थीले व्यवस्थापकको काम गर्न पनि सक्छ । आफ्नै कम्पनी खोलेर उद्यम सञ्चालन गर्छु भन्दा पनि सक्छ । 

मेकानिकल इन्जिनियरिङ कक्षा  १२ पछि गरिने कोर्ष हो । ब्याचलर देखी पिएचडीसम्मको अध्ययन नेपालमै गर्न सकिन्छ । नेपालको हकमा यसको अध्ययनपछि मेनटेनेन्सको क्षेत्रमा सबैभन्दा बढी काम हुन्छ । ब्याच्लरमा मेकानिकल इन्जिनियरिङ गरेको विद्यार्थी मास्टर्स डिग्रीमा स्पेसिफिक विषयमा गर्न सक्छन् । इन्जिनियरिङ म्यानेजमेन्ट, अटो, एयरक्राफ्ट, हाइड्रो लगाएतको विषयमा पनि जानसक्छन् । 


ADVERTISEMENT

नेपालमा मेकानिकल इन्जिनियरिङको अध्ययन विश्व बैंकको साहयतामा शुरु भएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङमा सन १९९७ बाट मेकानिकल इन्जिनियरिङ अध्ययन शुरु भएको हो ।   

नेपालमा इन्जिनियरिङ अध्ययन गरिसकेपछि नेपालसंगै बाहिर गएर समेत अध्ययापन गराउन सक्छन् । आईओइमा मेकानिकल इन्जिनियरिङ गरेर अमेरिकामा समेत अध्ययापन गराइरहेका छन् । नेपालमा मेकानिकल इन्जिनियरिङको गरेको विद्यार्थी अरब देशसंगै पश्चिमा देशमा समेत गएर काम गरिरहेका छन् । 

मेकानिकल इन्जिनियरिङ अध्ययन गरेको विद्याथीहरुले सरकारी र निजी क्षेत्र दुवै ठाउँमा काम गर्ने अवसर मिल्छ । अटो, हाइड्रोसंगै हेभि इक्युप्मेन्टका क्षेत्रमा समेत मेकानिकल इन्जिनियरहरु धेरै आवश्यक रहेको पाइन्छ । अर्को क्षेत्र औद्योगिक क्षेत्र हो । औद्योगिक क्षेत्रमा म्यानेजर देखी मर्मत सम्भारको काममा मेकानिकल इन्जिनियर रहेको हुन्छ । 

ब्याच्लरमा बेसिक मेकानिकल अध्यापन हुन्छ भने मास्र्टस्मा विद्यार्थीले आफुले के विषय छान्ने भन्नेमा भर पर्छ । कसैलाई इलेक्टिकल तिर जान चाहे त्यता पनि जान सक्छन् । एयर कन्डिसन तिरपनि जान सक्छन् । 

ब्याच्लरमा पहिलो र दोस्रो सेमेस्टरमा फिजिक्स् , क्यामेस्ट्री, इलेक्ट्रिकल, म्याथाम्याटिक्स लगाएतको विषय पढ्नुपर्छ ।  तेस्रो र चौथोमा इन्जिनियरिङ सम्बन्धी बेसिक कोर्ष हुन्छ । पाँचौ सेमेस्टर पछि विद्यार्थीको रुची अनुसार एरोनोटिकल, मेन्टेनेन्स सहित स्पेसिफिक हुँदै जान्छ । 

नेपालमा मेकानिकल इन्जिनियरिङको अध्ययनका लागि पुल्चोकमा, थापाथली, पश्चिमाञ्चल र पुर्वाञ्चल क्याम्पसमा ४८/४८ जनाको कोटा रहेको छ भने काठमाडौं विश्वविद्यालयमा समेत मेकानिकल इन्जिनियरिङ अध्ययन गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयका  अन्तर्गतका क्याम्पसमा अध्ययनका लागि प्लसटुमा २ सय पूर्णकको गणित विषय अनिवार्य रहेको छ । 



Your Comments