आईओइका क्याम्पसहरुमा कति ‘मेरिट’ले कुन ‘फ्याकल्टी’ पाउन सक्छ ? (तथ्यांक विश्लेषण )

आईओइका क्याम्पसहरुमा कति ‘मेरिट’ले कुन ‘फ्याकल्टी’ पाउन सक्छ ? (तथ्यांक विश्लेषण )


इन्जिनियर्स नेपाल |  फागुन ६, २०७७,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) अन्तर्गत ५ वटा आंगिक क्याम्पस र १० वटा सम्बन्धन–प्राप्त इन्जिनियरिङ कलेजहरु छन् । यी १५ वटा शैक्षिक संस्थाहरुमा शैक्षिक बर्ष २०७७ /७८ को लागि शुक्रबार देखि बीई, बीईआर्क तहमा  भर्नाका लागि अनलाइन आवेदन खुल्दै छ ।

बुधवार प्रकाशित संस्थानको सूचना अनुसार प्रथम, दोश्रो र तेस्रो भर्ना सूचीका लागि फाल्गुण ७ गते देखि ११ गते सम्म आवेदनको समय सिमा तोकिएको छ । विद्यार्थीहरुले कुन कलेजमा कुन विषय पाउने भन्ने मुख्यरुपमा आईओइको प्रवेश परिक्षाको मेरिटमा भर पर्छ । 


ADVERTISEMENT

यहाँ आईओइ प्रवेश परिक्षाको मेरिट अनुसार विद्यार्थीहरुलाई कलेज र कार्यक्रमहरु (फ्याकल्टी) छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले पछिल्ला वर्षहरुको तथ्यांक विश्लेषण गर्न खोजिएको छ ।

सर्बप्रथम आईओइ अन्तर्गतका आंगिक क्याम्पसहरु बारे संक्षेपमा जानकारी ।

पुल्चोक क्याम्पस, पुल्चोक ललितपुर

२०४१ (१९८४) देखि नियमित रुपमा सिभिल इन्जिनियरिङ स्नातक तहको कार्यक्रम सुरु भएको पुल्चोक क्याम्पस आईओइको केन्द्रिय क्याम्पस हो ।
यस क्याम्पसमा सिभिल कार्यक्रमको अतिरिक्त वि.सं.२०५१ सालदेखि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्यापन हुन थालेको हो । 

२०५२ सालदेखि मेकानिकल र आर्किटेक्चर, वि.सं. २०५५ सालदेखि कम्प्युटर इन्जिनियरिङ र बि.सं. २०७५ सालदेखि एरोस्पेश इन्जिनियरिङ कार्यक्रमका साथै २०७६ सालदेखि केमिकल इन्जिनियरिङ बिषयमा स्नातक तहको पठन–पाठन शुरु भएका छन् । पुल्चोक क्याम्पसमा हाल सम्म स्नातक तहमा आठ वटा कार्यक्रमहरु संचालन हुँदै आएका छन् । 

इ.अ.सं., पुल्चोक क्याम्पस, पुल्चोकमा बिभिन्न (२३ बिधाहरुमा) स्नातकोत्तर  तहका कार्यक्रमहरू तथा बिद्याबारिधि कार्यक्रमहरु पनि सञ्चालन हुदै आएको छ ।

थापाथली क्याम्पस, थापाथली, काठमाडौं 

२०१९ सालमा टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रोजेक्टको रुपमा स्थापना भएको यस क्याम्पस २०२९ सालदेखि त्रि.वि. ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पसको नामले सञ्चालन भइरहेको छ । 

२०४३ सालदेखि मेकानिकल र अटोमोबाइल कार्यक्रममा डिप्लोमा तहका तीनवर्षे कार्यक्रमहरू सञ्चालन गरेको यस क्याम्पसले २०६२ सालदेखि बी.ई. (स्नातक तह) इन्ड्रस्ट्रियल इन्जिनियरिङको कार्यक्रम सञ्चालन गरेको हो । वि.सं.२०६६ साल देखि बी.ई. सिभिल इन्जिनियरिंङ तथा वि.सं.२०६७ साल देखि बी.ई. इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशन कार्यक्रम संचालित छन् ।

वि.सं. २०६८ सालदेखि वि.ई. मेकानिकल इन्जिनियरिंङ कार्यक्रम पनि संचालनमा रहेको छ । २०७१ साल देखि स्नातक तहमा आर्किटेक्चर बिषयको कार्यक्रम पढाइ हुन थालिएको छ । वि.सं. २०७५ सालदेखि कम्प्युटर इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङका स्नातक तहका कार्यक्रमहरु पनि संचालनमा रहेको छ । यस क्याम्पमा हाल स्नातक तहमा सात वटा कार्यक्रम र स्नातकोत्तर तहमा बिभिन्न (३ बिधाहरुमा) बिधाहरुका कार्यक्रहरु संचालन भैरहेको छ । 

पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्की 

वि.सं. २०३८ सालमा स्थापना भई २०५३ सालदेखि अटोमोबाइल र इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा कार्यक्रमहरू सञ्चालन हुँदै आएको यस क्याम्पसमा २०५५ सालदेखि सिभिल इन्जिनियरिङ र २०५६ सालदेखि इलेक्ट्रिकल इन्जिनियरिङ डिप्लोमा तहका कार्यक्रमहरूमा पूर्णशुल्कीय कार्यक्रमहरू सञ्चालन गरिएका थिए । 

यस क्याम्पसमा वि.सं. २०५६ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रमको स्नातक तहमा नियमित तथा पूर्णशुल्कीय कार्यक्रम सञ्चालन गरिएको छ । 
शैक्षिक वर्ष २०६२ सालदेखि बी.ई.(स्नातक तह) इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङको नियमित तथा पूर्णशुल्कीय कार्यक्रम तथा २०६७ साल देखि बी.ई. इलेक्ट्रिकल कार्यक्रम संचालनमा छ ।  

वि.सं. २०६९ देखि यस क्याम्पसमा स्नातक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्टोनिक्स एण्ड कम्यनिकेशन, मेकानिकल , कम्प्यूटर तथा जियोमेटिक्स कार्यक्रमहरुमा पठन पाठन सञ्चालन भैरहेका छन । वि.सं. २०७५ देखि यस क्याम्पसमा स्नातक तहमा अटोमोवाइल इन्जिनियरिंग बिषयको कार्यक्रम थप गरिएको छ । यस क्याम्पसमा बिभिन्न ५ बिधाहरुमा स्नातकोत्तर तहको पढाई शुरु गरिएको छ ।  

पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरी 

वि.सं. २०३४ देखि स्थापना कार्य सुरु भएको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत यस क्याम्पसको निर्माण लगायतका सम्पूर्ण कार्य २०४३ सालमा सम्पन्न भयो । वि.सं. २०४३ साल देखि यस क्याम्पसले इन्जिनियरिङ डिप्लोमा तहमा सिभिल मेकानिकल, इलेक्ट्रिकल लगायत कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । 

२०५७ सालदेखि नै स्नातक (बी.ई.) एग्रिकल्चर इन्जिनियरिङ कार्यक्रममा कक्षा सञ्चालन भै रहेको यस क्याम्पसमा २०६१ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रममा स्नातक (बी.ई.) तहको कक्षा पनि सञ्चालनमा रहेको छ ।

डिप्लोमा तहका नियमित तथा पूर्णशुल्कीय कार्यक्रमहरुलाई बन्द गरी वि.सं. २०६९ देखि मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा स्नातक तहको पठन पाठन शुरु गरिएको छ । 

२०७१ साल देखि स्नातक तहमा इलेक्ट्रीकल बिषयको कार्यक्रम थप भएको थियो भने २०७२ साल देखि स्नातक तहमा आर्किटेक्चर बिषयको कार्यक्रम थप गरिएको छ । यस क्याम्पसमा स्नातक तहमा सात वटा कार्यक्रमहरु तथा स्नातकोत्तर तहमा  ीबलम बलम ध्बतभच च्भकयगचअभक भ्लनष्लभभचष्लन कार्यक्रम संचालनमा छ । 

चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर

वि.सं २०७४ श्रावण महिना भएका नेपाल सरकारकोे निर्णय वमोजिम वि.सं २०७५ साल फागुन महिनामा चितवन इन्जिनियरिङ्ग क्याम्पसको स्थापना भएको हो । 

नेपाल सरकारको आफ्नै पहल र आर्थिक सहयोगमा संचालनमा आएको यस क्याम्पस चितवनको रामपुरमा करिव ४० विगाहा क्षेत्रफलमा अवस्थित छ । हाल यस क्याम्पसमा आर्किटेक्चर विषयमा पठन पाठन संचालन भैरहेको छ ।

आईओइ अन्तर्गतका ५ आंगिक क्याम्पसहरुमा सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन, मेकानिकल, कम्प्युटर, एरोस्पेस इन्जिनियरिङ, एग्रिकल्चर, इण्डष्ट्रियल, जियोमेटिक्स, अटोमोवाइल र केमिकल इन्जिनियरिङ गरि १२ वटा कार्यक्रहरुमा १९४४ सिट रहेको छ ।

अघिल्लो बर्षको तेश्रो भर्ना सूची सम्मको आधारमा यी ५ आंगिक क्याम्पसहरुमा आईओइ ¥यांकको आधारमा तथ्यांक प्रस्तुत गरिएको छ ।

यसमा देखाइएको ¥यांक तेश्रो भर्ना सूची सम्ममा भर्ना भएका अन्तिम विद्याथीहरुको ¥यांक हो । यद्यपी प्रत्येक क्याम्पसहरुले भर्ना प्रक्रिया पुरा नभएसम्म भर्ना सूचीहरु प्रकाशित गरिरहन्छन् । अपवाद बाहेक पछाडी प्रकाशन हुने भर्ना सूचीहरुमा पछाडी मेरिट हुने विद्यार्थीहरुले अवसर पाउदै जान्छन् ।

शैक्षिक वर्ष २०७६ को भर्ना सूचीका आधारमा तल दिइएको 'कटअफ' ¥यांकलाई आधार बनाएर विद्यार्थीहरुले आफ्नो प्राथमिकता सूची भर्न सक्छन् । सामान्यतया अघिल्लो वर्षको भर्ना सूचीमा १००-५० ¥यांक तलमाथी पर्नसक्छ । कति ¥यांकले कुन क्याम्पस र कुन 'फ्याकल्टी' पाउने भन्ने कुरालाई अन्य विश्वविद्यालयको भर्ना समयले पनि असर पार्न सक्छ ।

पुल्चोक क्याम्पस, पुल्चोक ललितपुर

►सिभिल नियमित : खुला १५१ महिला– ३२२
►सिभिल पूर्ण–शुल्कीय: खुला ३९६ महिर्ला– ४७३
►आर्किटक्चर नियमित: खुला ७९९ महिला
►आर्किटक्चर पूर्ण–शुल्कीय: खुला १३११ महिला
►इलेक्ट्रिकल नियमित: खुला ४०७ महिर्ला– ७५४
►इलेक्ट्रिकल पूर्ण–शुल्कीय: खुला ६७७ महिर्ला– ११७८
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन नियमित: खुला २८० महिर्ला– ३७३
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन पूर्ण–शुल्कीय: खुला ४८८ महिर्ला– ७७२
►मेकानिकल नियमित: खुला ३५२ महिला– ४६५
►मेकानिकल पूर्ण–शुल्कीय : खुला ७२९ महिला
►कम्प्युटर नियमित: खुला ५७ महिर्ला– १८०
►कम्प्युटर पूर्ण–शुल्कीय: खुला २७३ महिर्ला– ५५८
►एरोस्पेस इन्जिनियरिङ नियमित: खुला ३३० महिर्ला– ५८२
►एरोस्पेस इन्जिनियरिङ पूर्ण–शुल्कीय: खुला १३४८ महिर्ला– १३८३
►केमिकल नियमित: खुला १४२१ महिला
►केमिकल पूर्ण–शुल्कीय: खुला ५८९० महिला


थापाथली क्याम्पस, थापाथली, काठमाडौं 

►सिभिल नियमित: खुला ४८४ महिला– ५२९
►सिभिल पूर्ण–शुल्कीय: खुला ८८३ 
►आर्किटक्चर नियमित: खुला १४२९ 
►आर्किटक्चर पूर्ण–शुल्कीय: खुला १९७० 
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन नियमित: खुला ६७३ महिला ७५० 
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन पूर्ण–शुल्कीय: खुला १०४२ महिला– १४०३
►मेकानिकल नियमित: खुला ६८४ महिला– ८७५
►मेकानिकल पूर्ण–शुल्कीय: खुला १२२० महिला– १७५३
►कम्प्युटर नियमित: खुला ३७५ महिला
►कम्प्युटर पूर्ण–शुल्कीय: खुला ६४९ महिला– १०२९
►अटोमोवाइल नियमित: खुला १६७८ 
►अटोमोवाइल पूर्ण–शुल्कीय: खुला ३२८५ 
►इण्डष्ट्रियल नियमित: खुला १८०४ महिला–१४६३
►इण्डष्ट्रियल पूर्ण–शुल्कीय: खुला ३९१५


पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्की  
►सिभिल नियमित: खुला ४९७ महिला– ५८८
►सिभिल पूर्ण–शुल्कीय: खुला ११२१ महिला– १२९६
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन नियमित: खुला १११० महिला १४१२
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन पूर्ण–शुल्कीय: खुला १५७८ महिला– २१३८
►मेकानिकल नियमित: खुला १०३१ महिला– १३२४
►मेकानिकल पूर्ण–शुल्कीय: खुला १९२७ महिला– २५३०
►कम्प्युटर नियमित: खुला ४६१ महिला ५५९
►कम्प्युटर पूर्ण–शुल्कीय: खुला १०७४ महिला– १२१२
►अटोमोवाइल नियमित: खुला १९५९
►अटोमोवाइल पूर्ण–शुल्कीय: खुला ३१३२
►जियोमेटिक्स नियमित: १०४३ महिला– १६३२
►जियोमेटिक्स पूर्ण–शुल्कीय: १७५७ 
►इलेक्ट्रिकल नियमित: खुला ११९१ 
►इलेक्ट्रिकल पूर्ण–शुल्कीय: खुला १८३२ 


पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरी 

►सिभिल नियमित: खुला ७८८ महिला– १०९८
►सिभिल पूर्ण–शुल्कीय: खुला १४६९ महिला– १८९१
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन नियमित खुला: १५६९ महिला २१३८
►इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन पूर्ण–शुल्कीय: खुला २६०४ महिला– ३८३८
►मेकानिकल नियमित :खुला २१३२ महिला– २६४०
►मेकानिकल पूर्ण–शुल्कीय: खुला ३४८० महिला– ४९८९
►कम्प्युटर नियमित: खुला १०२८ महिला 
►कम्प्युटर पूर्ण–शुल्कीय: खुला १९४३ महिला– २३५०
►आर्किटक्चर नियमित: खुला २७०६
►आर्किटक्चर पूर्ण–शुल्कीय: खुला ४६९९ 
►एग्रिकल्चर नियमित: २२८१
►एग्रिकल्चर पूर्ण–शुल्कीय: खुला ३१९२ महिला– ३८९१
►इलेक्ट्रिकल नियमित: खुला १४९६ महिला– १९९५
►इलेक्ट्रिकल पूर्ण–शुल्कीय: खुला २२९८ महिला– ३८५५

चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर
►आर्किटक्चर नियमित: खुला ३१८२
►आर्किटक्चर पूर्ण–शुल्कीय: खुला ५३७१ 

नोट :माथी उल्लेखित तथ्यांकमा सामान्य हेरफेर रहन सक्छ ।


 



1 Comments

Amrit kc

Feb. 19, 2021, 10:50 a.m.

My rank is 2869 in which subject can I get in western regional campus pokhara

Your Comments