इन्जिनियरिङ अध्ययन संस्थानको बीई/बीआर्क भर्ना आवेदन ७ गते खुल्ने (सूचना सहित)

इन्जिनियरिङ अध्ययन संस्थानको बीई/बीआर्क भर्ना आवेदन ७ गते खुल्ने (सूचना सहित)


इन्जिनियर्स नेपाल |  फागुन ५, २०७७,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक बर्ष २०७७/७८ को लागि शुक्रबार देखि अनलाइन आवेदन खुलाउने भएको छ । बुधवार प्रकाशित संस्थानको सूचना अनुसार प्रथम, दोश्रो र तेस्रो भर्ना सूचीका लागि फाल्गुण ७ गते देखि ११ गते सम्म आवेदनको समय सिमा तोकिएको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान केन्द्रिकृत भर्ना अनुगमन समितिले क्याम्पसहरुलाई सबै आवेदन तथा भर्ना अनलाइन प्रोटलबाट उपलब्ध गराउन निर्देशन दिएको छ ।
विद्यार्थीहरुले जुन–जुन कयाम्पसमा अध्ययन गर्न चाहेको हो सोहि कयाम्पसको अनलाइन प्रोटल मार्फत प्राथमिकता सहितको छुट्टा छुट्टै आवेदन दिनु पर्नेछ ।


ADVERTISEMENT

अध्ययन संस्थान अन्तर्गत आंगिक तथा संबन्धन प्राप्त कलेजले २०७८ जेठ ५ सम्म यस बर्षको अन्तिम भर्ना विवरण बुझाउनु पर्ने अनुगमन समितिमो भर्ना संचालन कार्यविधिमा उल्लेख छ । 

 

 



1 Comments

Uttam gautam

Feb. 17, 2021, 11:22 p.m.

Rank 3504 le pulchowkma civilko lagi apply garda kasto hunxa rw ma bippana kota bata apply gardai xu.

Your Comments