विद्यार्थीको पहिलो रोजाईमा सिभिल इन्जिनियरिङ, लोकसेवा देखि निजी क्षेत्रसम्म उच्च माग

विद्यार्थीको पहिलो रोजाईमा सिभिल इन्जिनियरिङ, लोकसेवा देखि निजी क्षेत्रसम्म उच्च माग


इन्जिनियर्स नेपाल |  फागुन ४, २०७७,


engineersnepal.com

सांकेतिक तस्वीर


नेपालमा इन्जिनियरिङको पढाई २०३५ सालमा पुल्चोक क्याम्पसबाट शुरु भएको थियो । तर शिक्षक भारतबाट ल्याउने पर्ने लगायतका धेरै कारणले त्यसले निरन्तरता पाएन । २०४१ साल देखी पुल्चोकमा नियमित रुपमा इन्जिनियरिङ पढाई शुरु भएको हो । विश्वमा सबैभन्दा पहिला सिभिल इन्जिनियरिङको अध्ययन तथा काम भएको पाइन्छ । सामान्यता नेपालको सन्दर्भमा इन्जिनियर भनेकै सिभिल इन्जिनियर भन्ने आम जनमानसमा बुझाइ रहेको पाइन्छ।

सिभिल इन्जिनियरिङ पूर्वाधार निर्माण क्षेत्रसंग सम्बन्धित विषय हो । बाटो, पुल, घर, हाइड्रो पावर, सिंचाईको कुलो लगायतका पूर्वाधार निर्माण सिभिल इन्जिनियरिङको क्षेत्रमा पर्छ । पूर्वाधार निर्माणका लागि इन्जिनियरको काम भनेको कस्तो खालको भौतिक पूर्वाधार निर्माण गर्ने हो त्यसको डिजाइन, इस्टिमेट र सुपरभिजन लगायतको काम इन्जिनियरले गर्छ । 


ADVERTISEMENT

सिभिल इन्जिनियरिङको पाठ्यक्रममा ‘स्टक्चर’ सम्बन्धि विषयवस्तु धेरै राखिएको हुन्छ । उदाहरणका लागि घर बनाउने जिम्मेवारी पाए बिम कति साइजको बनाउने, डन्डी कस्तो प्रयोग गर्ने, त्यसलाई कसरी राख्ने भन्ने विषय पढ्नुपर्छ । 

सिभिल इन्जिनियरिङमा सर्भेको काम र अध्ययन धेरै गर्नुपर्ने हुन्छ । यसमा पूर्वाधार कहाँ बनाउने, यसको लम्बाई कति, चौडाई कति भन्ने हुन्छ । सिभिल इन्जिनियरिङ कोर्षमा खानेपानीको पाइप डिजाइन, ट्यांकी डिजाइन, ढलको आकार प्रकार सहित पाइपको ट्रिटमेन्ट कसरी गर्ने भन्ने जस्ता विषयहरु पनि समेटिएको हुन्छ । 

त्यसैगरी शडक, पुल, जलविद्युत, झोलुङ्गे पुल, गाउँघरमा प्रयोग हुने कुलो वा ड्याम लगायतको विषय नेपालका सवै विश्वविद्यालयहरुको पाठ्यक्रममा रहेको छ । 

सडक तथा पुलको निर्माण गर्दा सडकको कालोपत्रेको मोटाइ कति हो, कस्तो ‘मेटेरियल’ प्रयोग गर्दा उपयुक्त हुन्छ । पुल बनाउने कार्य हो भने पुलको लम्बाई, उचाई, चौडाई, पिलरको मोटाई लगायत कुरापनि सिभिल इन्जिनियरिङको विषयमा अध्ययन गर्नुपर्छ । सिभिल इन्जिनियरिङ सम्बन्धी सबै विश्व विद्यालयमा उस्तै पाठ्यक्रम रहेको हुन्छ । विश्वविद्यालय अनुसार एक÷दुई वटा विषयवस्तु थपघट रहेको पाइन्छ । 

नेपालमा सबैभन्दा बढी सिभिल इन्जिनियर आवश्यक

कुनैपनि ठाउँको भौतिक विकास हुनका लागि सिभिल इन्जिनियरको काम सम्पन्न भए पश्चात मात्रै अरुको काम हुन्छ । भौतिक पूर्वाधारको विकासका लागि पहिलो काम सिभिल इन्जिनियरले गर्छ । 

‘सडक, पुल लगाएको पूर्वधार विकास नभई अरु इन्जिनियरिङको काम नै हुँदैन,’ सिभिल इन्जिनियर मधुकर वस्नेतले भन्छन् ‘नेपालमा पूर्वाधारको विकास भर्खर सुरुवात अवस्थामै रहेको हुनाले सिभिल इन्जिनियरको लागि धेरै अवसर रहेको छ ।’

उनले लोकसेवाले सबै भन्दा बढी सिभिल इन्जिनियर माग्ने भन्दै राम्रो पारिश्रमिक र आत्मसन्तुष्टी हुने क्षेत्र रहेको बताउछन् । 

‘सरकारले हाइड्रोपावर विकास, टनेल कन्सट्रक्सन, टाउन प्लानिङलाई प्राथमिकता दिएको छ । नेपालको धेरै ठाउँमा सडकनै नपुगेको अवस्थामा सडकसंगै पुलको लागि पनि इन्जिनियर धेरै आवश्यक रहेको छ,’ बस्नेत भन्छन् ।

 लामो समय सिभिल इन्जिनियरिङका बिषयमा अध्यापन गराउदै आएका सन्तोष कुमार श्रेष्ठले समेत सिभिल इन्जिनियरिङको स्कोप नेपालसंगै विश्वमा धेरै स्कोप रहेको बताउँछन् ।

‘नेपाल आफै विकासशिल देश हो । नेपालमा पूर्वाधार धेरै बनाउन बाँकी छ । त्यसको लागि चाहिने भनेको इन्जिनियर नै हो । पूर्वदेखी पश्चिम र उत्तर देखी दक्षिणसम्म थुप्रै सडक निर्माण भैरहेका छन् । त्यसका लागि हजारौं इन्जिनियरको आवश्यक पर्छ,’ श्रेष्ठ भन्छन् । 
 
विकासिल देशमा मात्रै होइन विकासित देशमा समेत सिभिल इन्जिनियरले प्रसस्त काम गर्ने ठाउँ छ । विकासित देशमा पहिला बनेको पूर्वधार पुराना हुँदै गएपछि फेरी बनाउनुपर्छ । 


 
 



1 Comments

Gangain budhha

Feb. 17, 2021, 12:31 p.m.

I don't like civil engineering . What i so thwn

Your Comments