सुदूरपश्चिम विश्वविद्यालयमा बी.ई.सभिल र बी.ई. कम्प्युटरमा प्रवेश परिक्षाको आवेदन खुल्यो

सुदूरपश्चिम विश्वविद्यालयमा बी.ई.सभिल र बी.ई. कम्प्युटरमा प्रवेश परिक्षाको आवेदन खुल्यो


इन्जिनियर्स नेपाल |  माघ १५, २०७७,


engineersnepal.com

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संकाय अन्तर्गत बी.ई सिभिल इन्जिनियर र बी.ई कम्प्युटर कार्यक्रमको लागि प्रवेश परीक्षाको लागि आवेदन खुलाएकाे छ । शैक्षिक सत्र २०७७/७८ मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा सञ्चालन गर्न लागिएको हो । 

विश्वविद्यालयमा बी.ई सिभिल कार्यक्रमका लागि ४८ र कम्प्युटर कार्यक्रमका लागि ४८ सिट संख्या रहेको छ ।  जसमा २४  जना विद्यार्थीलाई छात्रावृत्ति र २४ जनालाई पूर्ण शुल्क लाग्ने उल्लेख रहेको छ । 


ADVERTISEMENT

परीक्षा फारम भर्ने मिति फागुन १० गतेसम्म रहेको छ भने प्रवेश परीक्षा फागुन १५ गते केन्द्रिय क्याम्पस सु.प.वि महेन्द्रनगरमा हुनेछ ।विश्वविद्यालयका अनुसार एउटा मात्र कार्यक्रमका लागि २५ सय र थप कार्यक्रमका ५ सय गरी ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ । 

आवदेनको लागि उच्च माध्यमिक तहमा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कुल पूर्णङकको कम्तीमा ४५ प्रतिशत तथा लेटर ग्रेडिङ भएमा ११ र १२ का प्रत्येक विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी उत्तिर्ण हुनुपर्ने छ ।

हेर्नुहोस् पुरा सूचनाः



Your Comments