नागढुंगा सुरुङमार्गको करिब १ किलोमिटर काम सकियो

नागढुंगा सुरुङमार्गको करिब १ किलोमिटर काम सकियो


इन्जिनियर्स नेपाल |  साउन १२, २०७८,


engineersnepal.com

काठमाडौं उपत्यकाको मुख्य नाका नागढुंगामा निर्माणधिन सुरुङमार्ग करिब १ किलोमिटर काम सकिएको छ। देशभरका अधिकांय आयोजना ठप्प हुँदापनि नागढुंगा सुरुङमार्गमा निरन्तर काम भएको थियो। 

आयोजनाका अनुुसार सुरुङसंगै ओभर पास, अन्डर पास, पानी आपूर्तिको काम, एप्रोच सडक निर्माण भइरहेको छ ।


ADVERTISEMENT

अहिलेसम्म भौतिक प्रगति १६ प्रतिशत र मोबिलाइजेसन पेस्कीसहित वित्तीय प्रगति २६ प्रतिशत छ । अबको ९ महिनाभित्र आपत्कालीन उद्धार९स्केप्ट टनेल० सुरुङ र ११ महिनाभित्र मुख्य सुरुङ खनिसक्ने आयोजनाले जनाएको छ ।

सडक विभागले यो प्रोजेक्टको महत्त्वपूर्ण पार्ट भनेको टेक्नोलोजी ट्रान्सफरको रुपमा रहेको बताएको छ। आयोजनामा ८० प्रतिशतभन्दा बढी कामदार नेपाली छन् ।

त्यस्तै काठमाडौंको बलम्बुतर्फ फ्लाई ओभर निर्माणका लागि जग्गा अधिग्रहण गर्न उपसमिति गठन भई मूल्य निर्धारण गर्ने प्रक्रिया पूरा भइसकेको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको हो । निर्माण ठेक्का साढे २२ अर्ब रुपैयाँ रहेकोमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको रहेको छ ।



Your Comments