बाढीको ३ सातापछि प्रधानमन्त्री मेलम्चीमा: ३६६ घरलाई जस्तापाता, रु. ५० हजार दिने घोषणा

बाढीको ३ सातापछि प्रधानमन्त्री मेलम्चीमा: ३६६ घरलाई जस्तापाता, रु. ५० हजार दिने घोषणा


इन्जिनियर्स नेपाल |  असार २६, २०७८,


engineersnepal.com

मनसुनको सुरुमै बाढीबाट आहात पुगेको मेलम्ची तथा हेलम्बुको अवलोकन गर्न तथा राहत घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली २५ दिन अर्थात् ३ सातापछि मेलम्ची पुगेका छन् । 

सो अवसरमा उनले बाढी पहिरोबाट पीडित ३६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गरे । भने त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइन उनले घोषणा गरेका छन् ।


ADVERTISEMENT

गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताए । ‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २÷४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ ।’ उनले भने ।

बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई नै सँधै बिग्राने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने उद्घोष गरे ।

साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा  विकास गर्न सकिन धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत लिए । 



Your Comments