मुस्ताङको कोरलामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न, लागत १ अर्व ५० करोड

मुस्ताङको कोरलामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न, लागत १ अर्व ५० करोड


इन्जिनियर्स नेपाल |  असार २१, २०७८,


engineersnepal.com

चीनबाट आयात निर्यातलाई सहज बनाउन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको हो। 

कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।


ADVERTISEMENT

समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । 

सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।

बन्दरगाहा निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८÷७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी डीपीआर र ईआईएको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। 

अध्ययन प्रतिवेदनले सो बन्दरगाहको निर्माण कार्य दुई चरणमा सम्पन गर्ने प्रस्ताव गरेको छ । बन्दरगाह निर्माणका लागि जग्गासमेत सुनिश्चित भइसकेको छ ।

प्रतिवेदनअनुसार सो सुक्खा बन्दरगाहको कुल निर्माण लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपियाँ अनुमान गरिएको छ । करिब साढे चार सय रोपनी क्षेत्रफलमा निर्माण हुने छ। 

बन्दरगाहमा रेल–वे र सडक पूर्वाधारको समेत ‘लिङ्क’ हुनुका साथै भन्सार पूर्वाधार, प्रशासन पूर्वाधार, कन्टेनर यार्ड, सुरक्षा बेस, पार्किङ, क्वारेन्टाइन कार्यालय, पेट्रोल पम्प र डिप बोरिङलगायतका भौतिक पूर्वाधार निर्माण गरिने छ।



Your Comments