६४ अर्वमा बन्न लागेको चीन–नेपाल इन्डष्ट्रियल पार्कको डीपीआर तयार

६४ अर्वमा बन्न लागेको चीन–नेपाल इन्डष्ट्रियल पार्कको डीपीआर तयार

स्वीकृतिको लागि बोर्डमा पेश हुँदै


इन्जिनियर्स नेपाल |  असार ७, २०७८,


engineersnepal.com

चिनियाँ लगानीमा निर्माण हुन लागेको चीन–नेपाल इन्डष्ट्रियल पार्कको डीपीआर स्वीकृतिका लागि लगानी बोर्ड बैठकमा पेश हुँदैछ। 

आगामी बैठकमा औद्योगिक पार्कको डीपीआर स्वीकृतिको प्रस्ताव पेश हुने बोर्डले जानकारी दिएको छ।  


ADVERTISEMENT

बोर्डले डीपीआर स्वीकृत गरेपछि औद्योगिक पार्कको काम अघि बढ्ने छ । चिनियाँ कम्पनीले औद्योगिक पार्कको डीपीआर तयार पारी लगानी बोर्डमा बुझाइसकेको छ ।

पार्कको लागि बोर्डले चीनबाट ६४ अर्ब रुपैयाँ विदेशी लगानी ल्याउन स्वीकृति दिइसकेको छ । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको २२०० विगाहामा पार्क निर्माण हुने औद्योगिक पार्क निर्माण हुँदैछ। 

निर्माण कार्य थालेको मितिले दुई वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। औद्योगिक पार्ककको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।

औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालको सबै भन्दा ठूलो र नमूना हुने बताइएको छ ।  

 पार्कमा विद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण, बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने  उल्लेख गरिएको छ।



Your Comments