ललितपुर महानगर ड्रोनमार्फत घरको नम्बरिङ गर्दै

ललितपुर महानगर ड्रोनमार्फत घरको नम्बरिङ गर्दै


इन्जिनियर्स नेपाल |  असार ९, २०७६, ललितपुर


#
engineersnepal.com

#

ललितपुर महानगरपालिकाले नगरभित्र घरको ब्लक नम्बर कोड गर्न ड्रोन क्यामेराको प्रयोग गरेको  छ । देशमै पहिलो पटक ड्रोन क्यामराबाट घरको नम्बर दिन सुरु गरिएको हो । 

महानगरभित्रका घर नम्बरिङ गर्न जियोस्प्यासल कम्पनीले टेन्डर पाएको थियो । उसले एयर लिफ्ट नेपालसँग सहकार्य गरेर काम गरिरहेको छ । सुरुमा स्याटलाइट नक्साबाट घर नम्बरिङ गर्ने भनिएको थियो । तर, स्याटलाइटको तस्बीर महँगो, धमिलो र अस्पष्ट हुने भएकाले ड्रोन प्रयोग गरिएको हो । 


ADVERTISEMENT

स्याटलाइटको नक्साभन्दा ड्रोनले खिचेको नक्सा गुणस्तरीय हुने महानगरका घर धेरै पुराना र जोडिएकाले स्याटलाइटका नक्साले काम नगर्ने भएको  छ । 

तर, ड्रोनबाट खिचिएका नक्सामा घर, गल्ली, सडक, रुखविरुवा, नदीनाला सबै स्पष्ट देखिन्छन् । सरकारले तौलका आधारमा ४ प्रकारका ड्रोनको नियमावली लागू गरेको छ । यसैका आधारमा २ सय फिटबाट नक्सा लिइरहेको महानगरले जनाएको छ । 

ड्रोनमार्फत यतिबेला रिङरोडभित्र काम भइरहेको  छ । आइतबार ड्रोनले चाकुपाट क्षेत्रमा काम गरेको थियो । महानगरभित्रको सम्पूर्ण काम सकिन अझै दुई साता लाग्ने महानगरको अनुमान छ । 

घरगन्तीमा उपयोग गरिएको सानो ड्रोन दिनमा १७ मिनेट मात्र उड्छ । नक्सांकनसँगै महानगरमा के कति घर छन्, घरको क्षेत्रफल कति छ सबै हेर्न सकिने छ ।



Your Comments