बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि इप्पानले माग्यो सहायता

बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि इप्पानले माग्यो सहायता


इन्जिनियर्स नेपाल |  असार ६, २०७८,


engineersnepal.com

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले  अविरल वर्षका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि तत्कालीन र दीर्घकालीन प्रकृतिका सहायता उपलब्ध गराउन माग गरेको छ ।

निर्माणाधीन तथा सम्पन्न भइसकेका धेरै आयोजनामा यस्तो क्षति भएको उल्लेख गर्दै तत्काल राहत तथा सहयोगमा जुट्न आग्रह गरको हो । 


ADVERTISEMENT

इप्पानले क्षतिग्रस्त पहुँच मार्गको तत्काल पुनर्निर्माण, क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने औँल्याएको छ ।

त्यस्तै सबस्टेसनहरूको सुरक्षा प्रबन्धका लागि तत्काल उचित कदम चाल्नुपर्ने पनि इप्पानले जनाएको छ । समस्या समाधानका लागि गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाउन पनि उसले सुझाएको छ ।

प्रभावित आयोजनाहरूको दीर्घकालीन सहायताका लागि छिटो बीमाको भुक्तानीमा सहजीकरण गर्नुपर्ने, निर्माण सम्पन्न हुने चरणमा रहेका कतिपय आयोजनामा बाढीले क्षति पु¥याएकाले अब कम्तीमा एक वर्ष ढिला हुने इप्पानको आकलन रहेको छ।



Your Comments