ललितपुर महानगर अपाङ्गता भएकाहरूप्रति सकारात्मक

ललितपुर महानगर अपाङ्गता भएकाहरूप्रति सकारात्मक


इन्जिनियर्स नेपाल |  फागुन २०, २०७६, ललितपुर


#
engineersnepal.com

#

ललितपुर महानगरपालिकाले शारीरिक रूपमा अशक्त भएकाहरूका लागि ह्वीलचेयर मैत्री फुटपाथ निर्माण गर्न थालेको छ।

महानगरको क्षेत्राधिकार भित्र पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने महानगरको योजना रहेको छ ।


ADVERTISEMENT


महानगरपालिकाको कार्यालय पुलचोक आसपासमा रहेको पुरानो फुटपाथ भत्काएर नयाँ फुटपाथ निर्माण भइरहेको छ ।


सडक मापदण्ड अनुुसार चार लेनको सडकमा कम्तीमा १२ फिटको फुटपाथ हुनुपर्ने छ भने बीचमा आँखा नदेख्ने व्यक्तिले लठ्ठी टेकेर हिँड्न मिल्ने ट्र्याक हुनु जरुरी छ ।

 
महानगर अपाङ्गता भएकाहरूप्रति सकारात्मक भएको मेयर चिरीबाबु महर्जनको भनाइ छ । महानगरभित्र निर्माण भएका सार्वजनिक शौचालय अपाङ्गमैत्री भएको र निर्माणको क्रममा रहेका अरु शौचालयहरूलाई समेत अपाङ्गमैत्री बनाउने महानगरको योजना रहेको छ ।  

छिट्टै अपाङ्गमैत्री विद्युतीय बस सञ्चालन गर्ने तयारी पनि महानगरले गरिरहेको छ । सडक वरिपरी स्मार्ट बत्ती राख्नकालागि महानगरले विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ ।

महानगरले साधारण र अपाङ्गमैत्री फुटपाथ निर्माण गर्न यस वर्ष ५० लाख रुपैयाँको बजेट छुट्याएको छ ।



Your Comments