सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट

सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट


इन्जिनियर्स नेपाल |  असार २, २०७८,


engineersnepal.com

सांकेतिक तस्वीर


बागमती प्रदेश गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट विनियोजन गरिएको छ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षमा निर्माण कार्य शुरु गर्नेगरी बजेट विनियोजन गरेको हो। सुरुङमार्ग निर्माणमा संघिय सरकारको समेत सहलगानी हुने छ। 


ADVERTISEMENT

त्यसैगरी प्रदेशले चितवनको नारायणी खगेरी सिंचाई प्रणालीको ईम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्राम जस्ता सम्भाव्य यातायातको लागि अध्ययन कार्य प्रारम्भ गरिने उल्लेख छ। 

प्रदेश राजधानी हेटौडा–भारपुर–मेघौली जोड्ने मेट्रो रेल,ट्राम जस्ता यातायात सञ्चालनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरिएको छ। 

मदन भण्डारी मार्गलाई दुई लेनमा स्तरोन्नति गरिने छ। प्रादेशिक लोकमार्गका सडक आयोजनाहरुको लागि १ अर्व २९ करोड बजेट विनियोजन गरिएको छ। 

मुख्यमन्त्री प्रदेशिक सडक कार्यक्रम अन्गर्त रणनीतिक सडक आयोजनाको लागि ३ अर्व २५ करोड बजेट विनियोजन गरिएको छ। 

त्यसबाहेक शहरी तथा स्थानीय सडक कार्यक्रमका लागि १ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ। प्रदेशले पुल तथा झोलुगे पुल निर्माणको लागि १ अर्व २८ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। 

त्यस्तै बागमती प्रदेशले विद्युतीय बस सञ्चालनका लागि ५० करोड बजेट विनियाजन गरेको छ। काठमाडौं–मुग्लिङ र भरतपुर– हेटौडा सडक खण्डमा चार्जिङ्ग स्टेसन निर्माण गर्ने भएको छ।



Your Comments