कालिकोट पुग्यो राष्ट्रिय प्रशारण लाईन

कालिकोट पुग्यो राष्ट्रिय प्रशारण लाईन


इन्जिनियर्स नेपाल |  जेठ २६, २०७८,


engineersnepal.com

सांकेतिक तस्वीर


नेपाल विद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षणशुरु गरेको छ । 

लाईन परीक्षण गरेसँगै गएरातीबाट दैलेखको दुल्लु सवस्टेशनवाट कालीकोट सदरमुकाम मान्मसम्म ११ केभि लाईन दिएपछि सदरमुकाम मान्म बजार झिलिमिलि भएको हो ।


ADVERTISEMENT

कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले ३३ केभिको परीक्षण भईरहेकाले हाल सदरमुकाम मान्मलाई दैलेखेको सवस्टेशनवाट ११ केभि विद्युतलाईनमा विद्युत प्रवाह गरिरहेको जनाएका छन्। 

कालिकोटका सबै स्थान जहाँ विद्युत लाईन बिस्तार गरिएको छ, त्यहाँसम्म राष्ट्यि प्रशारण लाईनकै वत्ती छोडिने छ ।  मान्मको सवस्टेशन निमार्ण गरेर सक्ने बितिकै सबै ३३ केभि लाईन प्रशारणमा पु¥याउने तयारी रहेको छ। 

तत्कालीन उर्जामन्त्री जर्नादन शर्माले रुकुम सहित कालीकोट जुम्लामा राष्ट्रिय प्रशारण लाईनबाट बिद्युत पुर्याउन नीतिगत निर्णय गरेका थिए।



Your Comments