पहाडी सडक निर्माणमा कालोपत्रेको सट्टामा सिमेन्ट कंक्रिटको ढलान

पहाडी सडक निर्माणमा कालोपत्रेको सट्टामा सिमेन्ट कंक्रिटको ढलान


इन्जिनियर्स नेपाल |  जेठ २३, २०७८,


engineersnepal.com

सडक निर्माणमा कंक्रिट प्रयोग गर्ने व्यवस्थाले सिमेन्ट तथा डन्डी उत्पादन गर्ने उद्योगीहरू उत्साहित भएका छन् । 

बिटुमिन र रोडाको मिश्रणबाट कालोपत्रे गरिएको सडकभन्दा सिमेन्ट र रोडाको मिश्रणबाट बनाइने कंक्रिट ढलान बढी टिकाउ हुने भन्दै व्यवसायीले कंक्रिट सडकको माग गर्दै आएका थिए। 


ADVERTISEMENT

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पहाडी क्षेत्रमा सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट र डन्डीको प्रयोग गर्ने घोषणा गरेको छ । सिमेन्ट कंक्रिट प्रविधि सुरुमा महँगो भए पनि धेरै टिकाउ हुने सडक विभागले जनाएको छ।  

बढी भारवहन थेग्नुपर्ने सडकमा पनि कालोपत्रेको सट्टामा सिमेन्ट कंक्रिटको ढलानलाई प्राथमिकता दिइने छ। 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले गुणस्तर  बिटुमिनको कालोपत्रे सडकको आयु १० देखि १५ वर्ष हुने बताउँछन् । उनले गुणस्तर कायम गर्न नसकेमा कालोपत्रे सडक ५–६ वर्ष पनि नटिक्ने बताए। 

पानी जम्ने–बग्ने र कमजोर धरातल भएको ठाउँमा कालोपत्रे चाँडै उप्किन्छ । तर, सिमेन्ट कंक्रिटको सडक मर्मत नगरी ४० वर्ष सजिलै टिक्ने थापाको भनाइ छ ।



Your Comments