हुलाकी राजमार्ग आगामीवर्ष सम्पन्न हुने, कुन सडकमा कति बजेट ?

हुलाकी राजमार्ग आगामीवर्ष सम्पन्न हुने, कुन सडकमा कति बजेट ?


इन्जिनियर्स नेपाल |  जेठ १६, २०७८,


engineersnepal.com

सरकारले पूर्वपश्चिम राजमार्गलाई तीव्ररुपमा ४ लेनमा विस्तार गर्ने भएको छ। अहिले वुटवल–नारायणगढ खण्डमा विस्तार भैरहेको सडकलाई सबै ठाउँमा विस्तार गरिने भएको हो। 

आथिर्क बर्ष २०७८/०७९को बजेट मार्फत सघन सहरी क्षेत्रमा फ्लाई ओभर तथा अन्डरपास लगाएतको प्रयोग गरिने उल्लेख रहेको छ। त्यसका लागि १५ अर्व विनियोजन गरिएको छ।


ADVERTISEMENT

पुष्पलाल राजमार्गलाई ४ लेनमा विस्तार गरिने भएको छ। राजमार्गको दुरी घटाउन सुरुङमार्ग हाईब्रिजको प्रयोग गरिने छ।
 
त्यसको लागि ८ अर्व १३ करोड बजेट विनियोजन गरिएको छ। मदन भण्डारी मार्गका लागि ३ अर्व २० करोड बजेट विनियोजन गरिएको छ।

हुलाकी राजमार्ग निर्माण ६ अर्व ३९ करोड विनियोजन गरिएको छ। आबुखैरेनी पोखरा खण्ड चार लेनमा विस्तार गर्न ७ अर्व २७ करोड विनियोजन गरिएको छ।

 
काठमाडौं–तराई द्रुतमार्गको हाई विज्र र सुरुङमार्ग निर्माण आगामी वर्ष सुचारु गर्न ८ अर्व १५ करोड विनियोजन गरिएको छ। शिद्धार्थ राजमार्ग र कोहोलपुर सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लाइनमा विस्तार गर्नको लागि ७ अर्व विनियोजन गरिएको छ।

पृथ्वी राजमार्गको लागि ७ अर्व २७ करोड विनियोजन गरिएको छ। त्यस्तै अरनीको राजमार्गको लागि १ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ। उत्तर दक्षिण करिडोरलाई तीव्रता दिइने छ।



Your Comments