नेईएको शुक्रबार पूर्वाधार बहस कार्यक्रमः मन्त्री पुनसहित विज्ञ टोलीको सहभागीता

नेईएको शुक्रबार पूर्वाधार बहस कार्यक्रमः मन्त्री पुनसहित विज्ञ टोलीको सहभागीता


इन्जिनियर्स नेपाल |  मंसिर १९, २०७६, काठमाडौं


#
engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन (नेईए)को आयोजनामा ‘रेजिलेन्ट ड्याम्स एन्ड टनेल्स् फर इकोनमिक डेभलपमेन्ट’ विषयक पूर्वाधार बहस कार्याक्रम हुने भएको छ ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको प्रमुख आथित्यमा हुन लागको कार्यक्रममा विभिन्न विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै, सो कार्यपत्रमाथि टिप्पणीसमेत गरिने छ । 
सो अवसरमा ड्याम सेफ्टी एक्सपर्ट मोहननाथ आचार्य र टनेल एक्सपर्ट प्रा.डा. कृष्ण पन्थीले कार्यपत्र पेश गर्नेछन् ।


ADVERTISEMENT

सो कार्यपत्रमाथि ड्याम डिजाइन एक्सपर्ट डा. हरि शंकर श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका डिएमडी माधव कोइराला र स्काफ्का उपाध्यक्ष टुकलाल अधिकारीले टिप्पणी गर्ने नेईएका उपमहासचिव कपिल आचार्यले इन्जिनियर्स नेपाललाई जानकारी दिए ।

जलस्रोत तथा सिंचाई विभाग, नेपाल जियो टेक्निकल सोसाइटी र स्काफ् नेपालसँगको सहकार्यमा हुने कार्यक्रम मंसिर २० गते दिनको १ बजे जावालाखेलस्थित सिंचाई विभागमा हुने छ । 

नेपालमा पानी, कुलो, सिंचाई र ड्यामको अवस्था अहिले कस्तो छ र भविष्यमा कस्तो हुनुपर्छ भन्ने विषयमा कार्यक्रम गर्न लागिएको र त्यहाँबाट आएका सुझाव सम्बन्धित सरकारी संस्थालाई उपलब्ध गराएर समाधानका लागि पहल गरिने उपमहासचिव आचार्यले जानकारी दिए ।



Your Comments