अब नेपालमै बन्ने भए विद्युतीय गाडी

अब नेपालमै बन्ने भए विद्युतीय गाडी


इन्जिनियर्स नेपाल |  मंसिर १७, २०७६, कपिलवस्तु


engineersnepal.com

नेपालमै विद्युतीय सवारी साधन निर्माणका लागि रुपन्दैहीको मोतिपुरमा प्लान्ट बन्ने भएको छ ।

सुन्दर यातायात प्रालिले सिचुवान गुहाङ अटोमोवाइल्स, बिएके चाइनिज कम्पनीको सहकार्यमा उक्त कार्यको थालनी गरेको हो ।


कुल १ अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनियाँ र २५ प्रतिशत नेपाली कम्पनीको हिस्सा रहने छ।

प्लान्ट १२ विघा क्षेत्रफलमा रहने सुन्दर प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।


उक्त प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सकिनेसेत थापाले जानकारी दिए ।  सुरुवाती चरणमा भने ५० गाडी एसेम्बल गर्ने कम्पनीको योजना रहेको छ ।


२०७७ जेठ सम्ममा प्लान्ट निर्माण गरी भदौसम्ममा गाडी निर्माण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।



Your Comments