बिद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर क्षेत्री नियुक्त

बिद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर क्षेत्री नियुक्त


इन्जिनियर्स नेपाल |  कात्तिक २८, २०७६, काठमाडौं


engineersnepal.com

नेपाल बिद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । क्षेत्रीलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहिबार समितिको सदस्यमा मनोनयन गरेको हो ।

प्राधिकरण सञ्चालक समितिका चार सदस्य मध्येका एक उमेशप्रसाद थानीले कार्तीक ३ गते आफ्नो कार्यव्यस्तता देखाउँदै  राजीनामा दिएपछि संचालक समितिमा एक सदस्य रिक्त रहेको थियो ।  

 

उक्त रित्त बोर्ड सदस्यमा क्षेत्रीलाई मन्त्रालयले नियुक्त गरेको हो । थापाथली क्याम्पसमा उप-प्राध्यापक रुपमा कार्यरत क्षेत्री नेकपा निकट इन्जिनियरिङ संगठन (पिन)का केन्द्रीय सदस्य हुन् ।



1 Comments

Laxmi sharma

Nov. 15, 2019, 11:20 a.m.

Congratulations bhai

Your Comments