नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास: निर्माण सम्पन्न हुन साढे तीन बर्ष लाग्ने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास: निर्माण सम्पन्न हुन साढे तीन बर्ष लाग्ने


इन्जिनियर्स नेपाल |  कात्तिक ४, २०७६, काठमाडौं


#
engineersnepal.com

सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं।  धादिङको सिस्नेखोलादेखि नागढुङ्गा (दहचोक) जोड्ने नेपालकै पहिलो सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन् ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सुरुङमार्ग साढे तीन बर्ष भित्र निर्माण सकिनेछ ।


ADVERTISEMENT

No photo description available.

यो आयोजनाको प्रारम्भिक अध्ययन ५ बर्ष अघि देखि सुरु भएको थियो । २.७ किलोमिटर लामो दुई लेनको यस सुरुङमार्ग संचालनमा आए नागढुङ्गा पार गर्न लाग्ने समय अहिलेको एक तिहाईमा सिमित हुनेछ ।

यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा पुगि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका छन् ।

सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ ।

सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। निर्माण कम्पनीले साढे तीन वर्षमा काम सक्नेछ। सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ। सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ।

 

 



Your Comments