काठमाडौं–तराई–मधेस द्रुतमार्गमा सुरुङ निर्माण गर्न ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई–मधेस द्रुतमार्गमा सुरुङ निर्माण गर्न ५० अर्बको ठेक्का सम्झौता



engineersnepal.com

नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गमा सुरुङ निर्माणको ठेक्का सम्झौता गरेको छ । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत ठेक्का सम्झौता गरेको हो। 

सेनाले भने खरिद ऐन र नियमावलीअनुसार ठेक्का सम्झौता गरिएको बताएको दावी गरेको छ।  । दुवै प्याकेजमा ३ वर्षभित्र निर्माण सक्ने गरी शुक्रबार सम्झौता भएको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

पौडेलका अनुसार डिजाइनका लागि ६ महिना र निर्माणको समय ३ वर्ष दिइएको  छ। आगामी वर्ष अन्य ९ वटा क्लस्टरको ठेक्का गरिनेछ ।  सेनाले तीन वर्षभित्र अर्थात आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। 

पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएको हो । उक्त निर्माण कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । 

त्यस्तै दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीसँग सम्झौता भएको छ । यो प्याकेजमा पूर्वयोग्यता परीक्षण प्रक्रियामा एउटा मात्र कम्पनी छनोट भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो । जसको टुंगो अहिलेसम्म लागिसकेको छैन । 

 उक्त कम्पनीको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । जुन कम्पनीले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्नुपर्नेछ ।

गत चैत १९ मा समितिले ठेक्का प्रक्रिया रद्द गरी पुनः नियमानुसार दोस्रो प्याकेजमा पीक्यूका लागि प्रक्रिया अगाडि बढाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।  

सेनाले वैशाख १२ गते पीक्यूमा छानिएका निर्माण कम्पनीलाई नै ठेक्का सम्झौता गर्न आउन सूचना निकालेपछि समितिले सीधै सेनालाई नै ताकेतापत्र पठाएको थियो । 

रक्षा मन्त्रालयमार्फत सेनाले पठाएको जवाफ र आवश्यक कागजपत्र वैशाख २३ मा समितिले पाएको थियो । सेनाले निर्णयमा पुनर्विचार गर्न माग गरेको थियो ।



Your Comments