बूढीगण्डकी निर्माणका लागि उठ्यो ३५ अर्ब ३२ करोड

बूढीगण्डकी निर्माणका लागि उठ्यो ३५ अर्ब ३२ करोड


इन्जिनियर्स नेपाल |  कात्तिक १, २०७६, काठमाडौं


engineersnepal.com

काठमाडौं । बूढीगण्डकी १२ सय मेगावाट, जलाशययुक्त आयोजना निर्माणका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी रकम उठेको छ । 

स्वदेशी लगानीबाट यो आयोजना बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठाउँदै आएको छ । नेपाल आयल निगमकाअनुसार घोषणा भएदेखि ३५ अर्ब ३२ करोड रुपैयाँ उठिसकेको छ। 

सरकारले २०७२/७३ देखि ‘स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजना’ का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको थियो । त्यसयतादेखि हालसम्म पनि सरकारले कर लिइरहेको छ । 

तीन वर्षअघि परामर्शदाताले दिएको विस्तृत आयोजना प्रतिवेदन डीपीआरअनुसार बूढीगण्डकीको लागत २ खर्ब ६० अर्ब रुपैयाँ पर्छ । पेट्रोलियममा कर लगाएरै बूढीगण्डकी बनाउने हो भने २६ वर्ष लाग्ने सरोकारवालाहरु बताउँछन् । 

हालसम्म उठेको कर

आर्थिक वर्ष              रकम

२०७६/७७       १ अर्ब ४२ करोड

२०७५/७६       ११ अर्ब ९५ करोड

२०७४/७५       ११ अर्ब ३५ करोड

२०७३/७४       ९ अर्ब ४२ करोड

२०७२/७३       १ अर्ब १६ करोड

स्रोत : आयल निगम



Your Comments