निजगढ विमानस्थल मंसिरभित्रै शिलन्याश
निजगढ विमानस्थल मंसिरभित्रै शिलन्याश
जर्मनीको टोलीले भैरहवा विमानस्थल अवलोकन गर्दै

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलन्याश मंसिरभित्रै गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको यो विमानस्थल निर्माणमा ढिलाइ भइरहेको भन्दै चौतर्फी आलोचना र टिप्पणी भइरहेका बेला पर्यटनमन्त्री योगेश भट्टराईले आगामी मंसिरभित्र विमानस्थल निर्माणको सिलान्यास हुने दाबी गरेका हुन् ।
‘यो गेम चेन्जर परियोजना हो, समयमै शिलन्याश गरेर काम अघि बढाउन लागिरहेका छौं’ मन्त्री भट्टराई भन्छन्, ‘मंसिरभित्रै यसको शिलन्यास हुन्छ । सोही गतिमा प्रक्रियाहरु अगाडि बढेका छन् । विभिन्न मन्त्रालयसँग पनि छलफल गरिरहेका छौं ।’
देशकै एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरणको चाप दिनानुदिन बढ्दै गएका बेला नेपालमा वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा निजगढ अन्तराष्ट्रिय विमानस्थललाई लिइएको छ । यसकारण पनि यसको निर्माणमा धेरैको चासो गएको छ । गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेपनि यो विमानस्थल निर्माणलाई प्राथमिकतामा राखिएको छ । अर्थात, यसलाई महत्व दिइएको छ ।
निजगढ विमानस्थल निर्माणको जिम्मा ज्यूरिच कम्पनिले पाएको छ । तर, यो विमानस्थल निर्माणको आर्थिक तथा वित्तिय प्रस्ताव भने तयार भइसकेको छैन् । निर्माण कम्पनी छनोट भइसकेकाले प्रक्रियागत रुपमा दुई महिनाभित्र आर्थिक तथा वित्तिय प्रस्ताव कम्पनीका तर्फबाट आउने पर्यटन मन्त्रालयका एक अधिकारीले जानकारी दिए । निर्माण कम्पनीको आर्थिक तथा वित्तिय प्रस्तावका आधारमा लगानी बोर्डले थप निर्णय गर्नेछ ।
निजगढ विमानस्थलको निर्माण प्रकृया अघि बढ्दा रुख कटानको विषयमा पनि चर्चामा छ ।
आयोजनाका प्रमुख ओमनारायण शर्माका अनुसार विमानस्थलमा सात किलोमिटर लम्बाई र तीन किलोमिटर चौडाईमा विमानस्थल बनाउँदा एक लाख १८ हजार सात सयको संख्यामा ठुला रुख पर्छन् । तत्कालका लागि ति रुखहरु मात्रै काटेर अगाडि बढ्न सकिने गरी अगाडि जना खोजिएको पनि जनाइएको छ ।
सुरुमा २०÷२५ लाख रुख कटान गर्नुपर्ने भन्ने सार्वजनिक भएको थियो । यति ठूलो मात्रामा रुख कटान गरेर आयोजना बनाउँदा वातावरणीय प्रभाव पर्ने भन्दै आलोचना भएको थियो ।
जर्मनी टोलीले भैरहवा विमानस्थल अवलोकन गर्दै
जर्मनीको म्युनिख विमानस्थलका प्रतिनिधीको एउटा समुहले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अवलोकन गर्दैछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उनीहरुले अध्ययन गरेपछि पुनः छलफल हुनेछ । र त्यही छलफलका आधारमा कम्पनीलाई दिने÷नदिने टुंगो लाग्नेछ । गौतमबुद्ध क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा म्युनिखलाई दिन खोजिएको छ । सोही कारण जर्मनीको म्युनिख कम्पनीको टोली विमानस्थलको स्थलगत अवलोकन गर्न खोजेको हो ।