कोरोना माहामारीले १११ मेगावाटको रसुवागढी १ वर्ष ढिलाई

कोरोना माहामारीले १११ मेगावाटको रसुवागढी १ वर्ष ढिलाई


इन्जिनियर्स नेपाल |  बैशाख २८, २०७८,


engineersnepal.com

निजी तथा सार्वजनिक लगानी मोडलमा निर्माण सुरु भएको १११ मेगावाटको रसुवागढी कोरोनाको कारण विद्युत उत्पादनमा ढिलाई हुने भएको छ। 

सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानमा भने ढिलाइ भैरहेको हो। असारदेखि बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्यलाई कोरोनाको दोस्रो भेरियन्टको महामारीले पर धकेलिएको छ । 


ADVERTISEMENT

हालसम्म आयोजनाको ८० प्रतिशत काम सकिएको छ । आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।

२०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना भुकम्प तथा कोरोना माहामारीका कारण निर्माणमा अवारोध हुँदा अझै एक वर्ष लाग्ने जनाएको छ। 

आयोजनाबाट वार्षिक ६१ करोड  ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।  यस अघि महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो ।



Your Comments