‘सरकारले तोकेको निषेधाज्ञाको मापदण्डमा निर्माण कार्य गर्न सकिन्न’ : महासङ्घ

‘सरकारले तोकेको निषेधाज्ञाको मापदण्डमा निर्माण कार्य गर्न सकिन्न’ : महासङ्घ


इन्जिनियर्स नेपाल |  बैशाख २३, २०७८,


engineersnepal.com

५० बढी जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका गाडीलाई ठाउँठाउँमा रोक्न लगाएर सहजरूपमा पाससमेत उपलब्ध नगराइएको भन्दै काम गर्न नसकिने बताएको हो।


ADVERTISEMENT

निर्माण सामग्रीका केही उद्योग खुले पनि तिनका डिलर र वितरक पसल बन्द रहेकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको महासंघको भनाई छ।

निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सडक, सिँचाइका काम तोकिएकै सीमित स्थानमा नहुने भएकाले सङ्क्रमण सर्ने त्रास छ । कतिपय स्थानमा सङ्क्रमण फैलने डरले विशेषगरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकाले निर्माण गर्न कठिन हुने देखिएको महासङ्घले जनाएको छ ।

कतिपय स्थानमा सङ्क्रमण फैलिने डरका कारण स्थानीयवासीले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस विषम परिस्थितिमा म्याद नथप्ने नियतले काम गर्नु भने पनि व्यावहारिकरूपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माणमात्र सञ्चालन गरी अन्यका लागि शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ का रूपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासङ्घको सुझाव छ ।



Your Comments