१६ तल्ला सम्मको भवन बनाउन पाउने गरी बुटवल उमनपाले बनायो नयाँ भवन मापदण्ड

१६ तल्ला सम्मको भवन बनाउन पाउने गरी बुटवल उमनपाले बनायो नयाँ भवन मापदण्ड


इन्जिनियर्स नेपाल |  चैत १२, २०७७,


engineersnepal.com

बुटवल उपमहागनरपालिका (उमनपा)ले भवननिर्माण सम्बन्धी मापदण्ड –२०७७ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । सो मापदण्डमा भएका विभिन्न शर्तहरु पालना गरी अब बुटवल शहरमा ५ देखि १६ तत्लासम्मका बहुतले भवनहरु निर्माण गर्न सकिने भएको छ । 

उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को विभिन्न दफाले दिएको अधिकार प्रयोग गर्दै भवन सम्बन्धीनयाँ मापदण्ड बनाएको हो । 


ADVERTISEMENT

शहरी पूर्वाधारमा छिटै फड्को मारेको बुटवलको शहरीकरणको प्रक्रियालाई थप स्वच्छ, शहरी वातावरण मैत्री बनाई भूकम्पीय क्षतिको न्युनिकरण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाको भवन निर्माण सम्बन्धी मापदण्ड–२०७७ राजपत्रमा प्रकाशित भएको छ । 

भवनहरुको वर्गिकरण गर्दै उपमहानगरपालिकाले सभा भवन, व्यवसायिक भवन, शैक्षिक भवन, औद्योगिक भवन, संस्थागत भवन, व्यापारिक भवन, कार्यालय भवन, भण्डार गृह, आवासीय भवन, संयुक्त आवास अर्थात् अपार्टमेन्ट निर्माणका क्षेत्र र र्शतहरु तोकेको छ । 

यसैगरी तला थप्न दिने हाइ राइजभवनको उचाइमा ५ तल्ला (१७ मिटर) भन्दा माथि र १६ तल्ला (५० मिटर) भन्दा कम हुनुपर्नेछ । 

नयाँ मापदण्ड अनुसार बहु तले भवन निर्माण गर्दा आवश्यकता अनुसार माटो परिक्षण, लिफ्ट, आवास इकाइ एयर कन्डिसनीङ, आगलागी तथा आपत्कालिन सूचना प्रणालीका अलार्म संकेत प्रवाह, सूचना दिने साइरन जस्ता उपकरणहरुको पनि व्यवस्था हुनुपर्नेछ । 

पछिल्लो समय शहरी चाप रुपन्देही जिल्लाको बुटवल शहरमा पनि बढ्दो क्रममा रहेको भन्दै उपमहानगरपालिकाले योजना वद्ध तरिकाले शहर विकास गर्न भू–उपयोगलाई पनि वर्गिकरण गरेको छ । त्यसमा आवास क्षेत्र, आवासीय तथा व्यापारिक क्षेत्र, पर्यटकीय व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, संस्थागत क्षेत्र, विमानस्थल क्षेत्र, वन क्षेत्र, संरक्षित क्षेत्र, मनोरञ्जन र अन्य क्षेत्र तोकेको छ । 

यसका साथै नदि किनारा, राजमार्ग तथा सहायक भित्री सडकबाट आवासहरु बनाउँदा छाड्नु पर्ने राइट अफ वे, बगैँचा, धारा, कुवा जस्ता आधारभूत विषयहरुमा पनि मापदण्डले समेटेको छ । 
 



Your Comments