तामाकोशी जलविद्युत आयोजनाबाट बैशाखमा विद्युत उत्पादन हुने

तामाकोशी जलविद्युत आयोजनाबाट बैशाखमा विद्युत उत्पादन हुने



engineersnepal.com

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडान काम सुरु भएको छ ।

आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्यान्सन जोइन्टको जडान काम सुरु भएको हो ।


ADVERTISEMENT

एक्सप्यान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको  आयोजनाले जनाएको छ ।

 एक्सप्यान्सन ज्वाइन्ट पाईप जडान सहित हाल भइरहेको सम्पुर्ण काम चैतभरिमा सम्पन्न गरि सुरुङमा पानी पठाउने काम सुरु हुने बताइएको छ । बैशाखमा आयोजनाको ६ मध्ये एक युनिट सञ्चालन गरी ७६ मेघावाट बिद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाले राखेको छ ।  
 
हाल  आयोजनाको माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य भइरहेको छ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्यहरुको निर्माण सम्पन्न भइसकेको छ ।

भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमर लगायतका सबै उपकरणहरुको जडान कार्य सम्पन्न भइसके छ । 

गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ भने देवीटारमा निर्माणाधीन २२०÷१३२ केभी क्षमताको सवस्टेशनमा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

 



Your Comments