एचआइडीसीएल र निफ्राले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्दै

एचआइडीसीएल र निफ्राले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्दै



engineersnepal.com

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा सरकारी स्वामितत्वका कम्पनीले ऋण लगानीको नेतृत्व लिने तयारी गरेका छन्। 

डोल्पामा निर्माण हुने आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले ऋण लगानीको  तयारी गरेका हुन् । 
२२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १७ अर्ब रुपैयाँ ऋण लिनुपर्ने छ। उक्त ऋणका लागि आयोजनाले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थासँग छलफल अघि बढाएको  जनाएको छ । 


ADVERTISEMENT

निफ्रा, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चयकोषले आयोजनामा ऋण लगानी गर्ने गरी छलफल भैरहेको छ। 

डीपीआर निर्माण सकिएको छ । वातावरण प्रभाव मूल्यांकन(इआइए)को काम ६ महिनामा सकिने जगदुल्लाह जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाले स्थानीय तह र प्रदेश सरकारलाई पनि सेयर दिने बताएको छ।

 त्यस्तै स्थानीय प्रभावितलाई १० प्रतिशत, सर्वसाधारणलाई १३ प्रतिशत र अति विपन्न वर्गका नागरिकलाई समेत २ प्रतिशत सेयर दिने कम्पनीको योजना छ।
 
पीपीए र वित्तीय व्यवस्थापनको काम एक साथ अघि बढाइरहेको आयोजनाले आर्थिक वर्ष २०७९/८० बाट निर्माणमा जाने योजना बनाएको छ।
 



Your Comments